नेपाल पोष्ट दैनिक लहान ३१ जेठ। लहान नगरपालिका २० बस्ने रामप्रकाश महतो विगत केही दिनदेखि बिमारी भई आर्थिक रूपले विपन्न महतोले आफ्नो उपचार गर्न नसकेको अवस्थामा उनी बिरामी परेको कुराको जानकारी स्थानिय पुजन यादवले सिरहा समाजलाई दिएपछि सहयोग सहित समाजका टीम उनका घरमा पुगेका थिए ।
मानवीय सेवामा विगतका दिनहरुमा देखा पर्दै आएका सिराहा समाजसेवा आम जनताको बिशेष पहलमा एक बिरामीलाई उनकै घरमा पुगेर आर्थिक सहयोग गरिएको छ ।
उनको आर्थिक अवस्थाको मध्यनजर राख्दै सिराहा समाजसेवा आमजनताको टीमका सदस्यहरू विपन्न वर्गका महतोको आफनो घर नभएर लहान १३ स्थित घले टोल स्थित ससुराली घरमा बस्दै आएका महतोलाई ८१०० सहयोग गरिएको हो ।