शम्भु चौधरी लहान २४ चैत्र । सिरहाको औरहीमा हुन लागेको चौबिस कुण्डिय गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको औरही गायत्री महायज्ञ समितिका सदस्य रामपृत यादवले बताए ।
मानवमा देवत्वको जागरण होस धर्तीमा स्वर्गको अवतरण होस भने मुल उद्देश्य राखी महायज्ञ हुन लागेको हो ।
२६ गते आईतबार देखि संचालन हुने यज्ञ चार दिन सम्म रहने र पहिलो दिन आईतबार बिहान ८ बजे बिशाल शोभा कलश यात्रा निसकिने कार्यक्रम रहेको छ । सो कलश यात्रामा करीब १५ सयको हराहारीमा कलश यात्री रहने सदस्य यादवले बताए ।
यज्ञको समउदघाटन नेपालका महामहिम सम्मानीय उपरास्ट्रपति रामसहाय प्रसाद यादव द्धरा हुने र त्यसको लागी सुरक्षाको प्रवन्ध पनि कडा पारीएको आयोजक समितिले बताए ।
सम्बन्धित खबर
आज नाग पंचमी घरघरमा श्रद्धापुर्वक मनाउदै
सरस्वती नदीको उद्गगमस्थल संकटमा धार्मिक आस्थाको केन्द्र खेतमा परिणत हुँदा स्थानियद्धरा संरक्षणको माग
सप्तरीमा ५६ लाखको लागतमा निर्मित सामुदायिक सभाहलको उद्घाटन
संघिय स्वास्थ्य मन्त्री मेहताद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन
अविरल वर्षाका कारण भीरबाट ढुङ्गा खस्दा घर पूर्ण रूपमा क्षतिग्रस्त
