नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज

थारु कल्याण्कारणी सभा सिरहाको जिल्ला सभापतिमा सत्य नारायण चौधरी

शम्भु चौधरी लहान ११ चैत्र । थारु कल्याण्कारणी सभा सिरहाको जिल्ला सभापतिमा सत्य नारायण चौधरी सर्वसहमतले चयन भएको छ । अधिवेशनबाट ३ केन्द्रिय प्रतिनिधि र २० जिल्ला कार्य समिति गरी जम्मा २३ सदस्य गठन भएको सभापति चौधरीले बताए

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको श्री जनता डोमी चौधरी मा वि प्राविधिक पोखरभिन्डा पर्सामा आयोजीत थारु कल्याणकारीणी सभाको ९ औ जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।

सिराहा जिल्लाको बिभिन्न टोल वस्तिहरुबाट जातिय पहिरनमा आएका थारु समुदायको आम मानिसको बाक्लो उपस्थितिका बीच सजिएको सभा जिल्लाकै एतिहासिक भएको लक्ष्मीपुर पतारी गाउपालिका २ का वडा अध्यक्ष रामचन्द्र चौधरीलेबताए।

कार्यक्रममा थारु समुदायका उच्च पदस्त व्यक्तिहरूको सहभागितामा आयोजीत कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका थारु समुदायका व्यक्तिहरूलाई स्वागत गरिएको थियो भने कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलक्ष्मपुर पतारी गा पा अध्यक्ष चतुरानन्द ठाकुर पुर्व मानिय पदम नारायण चौधरी लगायत अथिति गणको उपस्थितिमा भव्यताका साथ आयोजीत कार्यक्रममा थारु परहरणबाट कला संस्कृतिको वास्तविक जगेर्नाको झल्को दिएको थियो ।

करिब तीन हजारको हाराहारीमा उपस्थित कार्यक्रमले विद्यालय परिसर भरिभराउ रहेको थियो भने कार्यक्रममा प्रस्तुत गरिएका भाषिक गीत संगीत अनि नृत्यले सभामा खुशीयाली छाएको थियो ।

सिरहामा यतिको आम थारु समुदायको उपस्थितिमा भएको ९ अधिवेशन जिल्लाकै एतिहासिक भएको आम मानिसको बुझाई रहेको छ ।

कार्यक्रम स्थलमा आवस्यक सबै व्यवस्थापकीय पक्ष अति सुन्दर रहेको थियो भने कार्यक्रममा बन्द सत्र पक्ष्चात जिल्ला कार्यकारिणी समितिको छनौट हुने आयोजक समितिले जनाएको छ ।