रहमुल लहान १ पुस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका को आ ब ०७९/८० को योजना अनुसार पशु पालक किसानको राहत स्वरुप हिउदे जै घासको बीउ निशुल्क बितरन कार्यक्रम पशु सेवा शाखाको आयोजामा शुरु भएको छ।
कार्यक्रमको उद्घाटन सस्त्रमा बोल्दै गा पा अध्यक्षले गा पा भरीमा अत्यधिक पशुको संख्या रहेको छ र हिउँदमा हरियो घासको बिकल्पमा जै घाँसको बीउ हामी निशुल्क बितरन गर्न लागेको बताउनु भयो। अगाडी थप्दै उहाँले जमीनको उर्वर शक्ति संतुलन राख्न पशु पालन आबश्यक रहेकोले थोरै भए पनि पालौ भनेका छन।
आजको बितरन कार्यक्रममा किसानको सहज हेतु गा पा अध्यक्ष टीम सहित कार्य क्षेत्रमा खटेको देख्दा खुशीको कुरो हो र हुनु पनि पर्छ। हरेक कार्यक्रममा यसरी नै सक्रिय सहभागिताका साथ योजनाहरु सम्पन्न हुन आब्श्यक देखिन्छ र नागरिकले पनि लोकतन्त्रको अभास महशुस गर्छ।
यस कार्यक्रम अन्तर्गत किसानलाई अर्थतन्त्रमा टेवा पुर्याउन अगामी सालको लागि किसान बाट नै बीउ खरीद गरि बितरन गर्दा थोरै लगानीमा धेरै आम्दानीको लाभ किसानले पाउने भएकोले यथासिघ्र स्थानिय सरकारको ध्यानाकर्षण हुन जरुरी देखिन्छ। जै घाँस पशु आहारको लागि उत्तम रहेको विभिन्न अनुसन्धानले देखाइसकेको छ।
यसलाई दुइचोटी कटिङ गरि खुवाइ सकेपछि पनि राम्रो बीउ उत्पादन भैरहेकोले यसलाई व्यावसायिक बनाउन किसान नै अगाडी आउनु पर्छ। यदि किसान सिस्टममा आइदियो भने सरकार आपसे आप सिस्टममा आउने पक्का छ र यसका लागि किसानको मंाग सरकारकोमा जानू पर्छ।