Breaking News · पत्रपत्रिकाबाट · बिजनेस

पेट्रोलियम पदार्थको मूल्य घटियो

काठमाडौ १ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर  १७८ रुपैयाँ, तथा  डिजेल र मट्टीतेल प्रतिलिटर १७५ पर्नेछ ।

यसअघि पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर  १७८ रुपैयाँ थियो । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई  शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेर आएको थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै छ ।