काठमाडौं, २३ मंसिर । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ ।
एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने छ ।
एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।