शम्भु प्रसाद चौधरी लहान ११ कार्तिक मधेस प्रदेश । मधेस प्रदेशको महोत्तरी जिल्लाको भँगहा नगरपालिका वडा नं ८ मा स्थानीयद्वारा छठ पर्वको अवसरमा निकालिएको कलश यात्राको क्रममा हिन्दू मुस्लिम पक्ष बीचको विवादको कारण परिस्थिति असामान्य भएपछि स्थानिय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।
शोभा यात्राको सिलसिलामा भएको विवाद छानविन गर्नका लागि गृह मन्त्रालय द्वारा ५ सदस्यीय छानबिन समिति गठन गरेर घटनाको छानबिन गरी सात दिन भित्र प्रतिवेदन पेस गर्न एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले गृहमन्त्री स्तरको निणर्यबाट गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी वल, नेपालका सप्रनाम किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी लगायत सदस्य रहेको ५ पाँच जनाको समिति गठन गरेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारको संयोजकत्वमा बसेको बैतकले सात बुद्दे सर्वपक्षिय निर्णय गर्दै जिल्लामा शान्ति बनाउन आग्रह गरिएको छ ।