• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अलगै पहिचानका साथ चुनावी मैदानमा कार्की

नेपाल पोस्ट दैनिक
    October 26, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी कार्तिक ८ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा चुनावी मैदानबाट प्रतिनिधि सभा सदस्यका लागि अलगै पहिचानका साथ सिरहा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरेश कुमार कार्कीले आम जनतालाई अवगत हुने गरी १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ ।

सिरहाको धनगढीमाई स्थित धनगढी बजारको प्राकृतिक अस्पतालको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा करिब ६० जना पत्रकारहरुको बिच सम्मेलन गरि १५ बुन्दे नेपाली कागजमा घोषणा पत्रका साथ भावी योजना बनाउँदै विकाशको लागि प्रतिबद्धता जनाउदै सम्मेलनकै क्रममा औठा छाप लगाउनु भएको छ ।

कार्कीले आफूले घोषणा पत्रमा उल्लेख गरे अनुसार निर्बाचित भएपछि काम गर्ने कुरा बताउनु भएको छ र सो घोषणा पत्र अनुसार आफूले आम जनताको काम नगरे मैले लगाएका औठा छापबाला कागजको माध्यमले नेपालको कानुन बमोजिम सजाय समेत भोग्न तयार रहेको दावी गरे ।
नेपाली कागजमा भएको घोषणा पत्रमा दुबै औलाको छाप लगाई सो कागज उपस्तित नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता लगाएत जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई बाड्नु भएको थियो ।

लिखित कागजमा उनले भनेका छन् ू आफू निर्वाचित भएको सातौं दिनदेखि नागरिकता समस्या समाधानका लागि राष्ट्रपति भवन अगाडी अनसन बस्ने लगायतका भावी योजनाका साथ दूरदर्शी युवा नेताको रूपमा कहलिएका कार्की विगत लामो समयसम्म पत्रकारिता क्षेत्रमा अनुभव बटुल्दै वर्षदेखि ओकालत पेसामा रही कानूनी ज्ञान प्राप्त गरेका कार्की करिब ७ वर्ष सम्म रेडियो नेपालको कार्यकारी निर्देशक भएर काम गर्नु भएको थियो ।

करिब एक दर्जन बाहिरी मुलुकको भ्रमण गरेका कार्कीले चुनावी मैदानबाट यसरी नेपाली कागजमा औठा छाप लगाउने जिल्लाकै पहिलो उम्मेदवार हुनुहुन्छ ।

सिरहाको निर्वाचन क्षेत्र नं २ मा करिब एक लाख सात हजार चार सय पैसठ्ठी जनसंख्या रहेको देखिन्छ जहाको चुनाबी मैदानमा कार्की हुनुहुन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑