• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको कञ्चनरुमा तीनदिने दलितसमुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 5, 2022  मा प्रकाशित

Spread the love
      

विष्णुदेव सरदार/ लहान/१९ भदौ । दलित सरोकारमञ्च नेपाल कञ्चनरुप नगरपालिका -८ द्वारा आयोजित ३ दिने कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रममा दलितका सरोकारका बिषयमा मधेश प्रदेशका विभिन्न पार्टीमा आवद्ध भातृसंगठनका ४ दर्जन दलित अगुवा नेता कार्यकर्ता सहभागितामा प्रदेशस्तरीय सम्मेलन सम्पन्न गरिएको छ। योसँगै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माका अनुसार वास्तवमा दलित भनेको छुवाछूत अपहेलित गरिवीको रेखामुनि भएकालाई दलित भन्ने गरेको बताए । छुवाछूत विभेद उत्पिडन शोसन , दमनजस्ताले दलित मात्रै होइन गैरदलितलाई पनि धक्का पुर्‍याउने गरेको बताए ।

त्यसैले समृद्ध सुसभ्यित मानिस बन्न दलित माथिको विभेद अन्त्य हुनुपर्ने जिकिर गरे। त्यसैगरी मधशी आयोगका अध्यक्ष डा. विजय दत्तका अनुसार दलितलाई मस्तनिद्रामा सुत्न उठ्नुपर्ने सडकमा आउनुपर्ने टिप्पणी गरेका छन। दलितलाई क्रान्ति लडाइँ लड्नुभन्दा शान्तिपूर्ण लडाइँ लडेर अधिकार लिनुपर्छ । अधिकार कसैले दिदैन्न , अधिकार लिन व्यक्ति स्वयंम जागरुक हुनुपर्ने बताउनु भयो । प्रदेश नीति तथा योजना आयोगका प्रमिला सिंहका अनुसार नेपालमा दलितप्रति संवैधानिक निकाय दृष्टिकोण फेरिएको जिकिर गरेकी छिन।

लोकसेवा आयोगले पनि दलित कोटामा खुल्लालाई प्रतिष्थापन गरेकोमा खेद व्यक्त गरेकी छिन। भदौ १७, १८, १९ गते ३ दिनसम्म चलेको कार्यक्रममा निम्न अनुसार विषयवस्तुमा अन्तरक्रिया गरिएको छ:- – दलित सशक्तीकरण ऐन कार्यान्वयनको अगामी कार्ययोजना – दलित विकास समितिको ५ वर्षीय रणनीतिमा समेटनुपर्ने दलितका सवाल – मधेशप्रदेश सरकारले निर्माण गरेको र प्रस्तावित ऐनहरुमा दलित अधिकार – स्थानीयतहको निर्वाचनमा दलितसमुदायका उम्मेदवारले खेप्नुपरेका विभेद – कोरोनाले दलित समुदायमाथि पारेको असर र प्रभाव : राजनीतिकदलको धोषणापत्रमा ती मुद्दा सम्बोधनका सवाल – स्थानीयतहको निर्वाचन २०७९ मा दलित प्रतिनिधित्वको अवस्था र अगामी प्रदेश र संङ्घीय चुनावमा दलित प्रतिनिधित्व सवाल – दलितसमुदायको थर सुचीकरणमा मधेश प्रदेशमा देखिएका अन्तरविरोध , प्रदेश नीति तथा आयोग र राष्ट्रिय योजना आयोगको प्राथमिकतामा दलित लगायतका मुल विषयवस्तुमा आधारित भई चर्चापरिचर्चा गरिएको बताएको छ।

योसँगै प्रदेश र संघीय संसद निर्वाचनमा राजनीतिक पार्टीले जारी गर्ने धोषणापत्रमा महिला र दलितका लागि राख्नुपर्ने विषयहरु :- – खाना, आवास र लत्ताकपडा बारे – शिक्षा क्षेत्रमा राख्नुपर्ने विषय बारे – स्वास्थ्य क्षेत्रमा राख्नुपर्ने विषय बारे – रोजगारीका लागि राख्ने विषय बारे – सशक्तीकरणका लागि राख्ने विषय बारे – सामाजिक कामकाज बारे – शान्ति सुरक्षा र मानवअधिकार बारे लगायतका विषयमा यस धोषणापत्रमा समावेश गरिएको मधेश प्रदेश दलित विकास समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य श्री श्याम सरदारले बताएका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑