महेश सिंह सिरहा लहान १८ भदौ । जिल्ला प्रहरी कार्यालय सिरहाले उच्च अदालत जनकपुर राजबिराज इजलासको आदेशलाई अबहेलना गर्दै तथ्य फेला परेको छ्।
सिरहाको औरही गाउँपालिका वाडा नम्बर १ का अजय कुमार यादवका श्रीमती चिन्ता देबी यादवलाई जग्गाको बिवादमा केहि अगाडि देखि समाजमा झैँ झगडा हुँदै आएका थिए।
चिन्ता देवी यादवले घरमा खाना पकाई रहेको अवस्थामा स्थानीय रमेश कुमार यादव,राम क्ररण यादव,भगत यादव,राम बाबु यादव किसुन लाल यादव महादेव यादव लगायतका युवाहरूको एक समूहले बोकसी हो २०७८ मंसिर १८ साझ बोक्सी हो घरमै गएर एकासी निर्घात कुटपिट गरेका थिए।
पीडित यादवले घटनामा संगलन रहेका युवाहरू माथी २०७८ मंसिर २७ जाहेरी सूचना हुलाक मार्फद पठाए पनि मुदा दर्ता नगरेको र प्रतिबादीहरुको प्रभावमा परी अपराधीक कार्यको अनुशासन गर्न नसकेको र बिमुख भइ आफ्नो कानुनी कर्तव्य पालना गर्न नसकिएको पीडितको यादवको आरोप रहेको छ्।
पीडित यादव न्यायका लागी जिल्ला सरकारी वकिल कार्यालय सिरहामा निवेदन दिन जादा यहाँ दर्ता हुदैनन् जिल्ला प्रहरी कार्यालय सिरहामा नै दर्ता गराउन जानु भनेर प्रहरी कार्यालयमा महिनौ धाएर मुदा दर्ता नगरेको र पत्रको समय मात्र १९ गते सम्म मात्र रहिएको पीडितको आरोप रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले मुद्दा दर्ता नगर्दिदा पीडित महिला न्यायका लागी भौतारी रहेका छन्।