विनोद मण्डल १४ भदौ। आधुनिक समाजमा बदलिँदो परिस्थितिका बीच भरपर्दो साधनको रुपमा रहेको सामाजिक सञ्जालको व्यापक दुरुपयोग हुन् थालेपछि मधेशका युवाहरु सामाजिक सञ्जालकाे tikTok Apps बन्द अभियानमा जुटेका हुन् ।
TikTok बन्द संघर्ष समिती धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा युवाहरुको व्यापक सहभागिता देखिएको छ । समाजमा अस्लिन हर्कत बढिरहेको अवस्थामा युवाहरुद्वारा बिरोध प्रदर्शन गरिएका छन् । प्रदर्शनमा उत्रेका युवाहरुले TikTok बन्द गर , बन्द गर,चाइनिज Apps बन्द गर , बन्द गर,TikTok मा अस्लिलता भिडियो बनाउनेलाई कार्वाही गर , कार्वाही गर,TikTok भगाऊ आफ्नो संस्कृतिक बचाऊ,TikTok बन्द संघर्ष समिति जिन्दाबाद , जिन्दाबाद लगायतका नारासहित युवाहरुले व्यापक बिरोध प्रदर्शन गरेका हुन् ।
TikTok बन्द संघर्ष समिती धनुषाद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी युवाहरुको जुलुशले नगर परिक्रमा गर्दै बिरोध प्रदर्शनको साथै साथै जनकपुरधाम उप महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषा समेतमा ज्ञापन पत्र बुझाएको TikTok बन्द संघर्ष समिति अभियानका अभिजित दासले जानकारी दिए ।
समाजमा अश्लीलताको हर्कतले सीमा नाघदै भोजपुरी , मैथली ,नेपाली गीत संगीतलाई समेत नारकीय ढंगबाट खिल्ली उडाउँदै गर्दा समाजमा महिला ,पुरुष , जवान वृद् लगायत सबै समाजमा टिक टक येपस्को व्यापक दुरुपोगमा लागेपछि मधेशका युवाहरु यसलाई व्याण्ड गरिनुपर्ने अडानका साथ आन्दोलनमा होमिएका छन् ।
युवाहरुको बदलिँदो परिस्थितिमा समाजमा सकारात्मक परिवर्तनका ल्याउनको लागि बढाइएको अभियानलाई चारैतिर बाट साथ र समर्थन प्राप्त भइरहेको अवस्था रहेको पाइन्छ ।
टिक टककरहरुको होडबाजीले सामाजिक सञ्जालमा व्यापक अंगहरूको प्रदर्शन गरीदा समाजमा त्यसको नकारात्मक असर र प्रभाव पार्ने तथा भावी सन्तानलाई समेत असर पर्ने भएकोले यसलाई सबैतिरबाट बन्दको अभियान आजको आवश्यकता महसुस गरिएको छ ।