• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अन्धकारमा रुमलिएका बस्तीमा अमित ठकुरी

नेपाल पोस्ट दैनिक
    August 28, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल लहान १२ भदौ । मधेश प्रदेशको सिराहा जिल्लाको साबिक गाउँविकास समिति वडा नं ३ तथा हाल धनगढीमाई १४ मा रहेको गागन मागन बस्तीमा हालसम्म बाटोघाटो बिजुली लगायतका सामान्य सेवा सुविधा रहेको छैन । सिराहा जिल्लाको उत्तरी भेगमा उदयपुर जिल्लाको सिमानामा रहेको सलहेस डाँडाको दक्षिणमा अवस्थित गागान मागन बस्ती एउटा कहाली लाग्दो अवस्थामा रहेको करिब ३१ घरको बस्ती जुन वस्तीमा पुग्नको लागि मानविय साधन बाहेक अन्य विकल्प नभएको गोरेटा घोडेटा अनि धुवाले रंगिएको एउटा प्रारम्भिक कालका उदाहरणीय बस्ती हो ।

सामान्य अवस्थाका बस्ती पूर्व पश्चिम राजमार्ग भन्दा करिब ३५ किलोमीटर दुरीमा पर्दछ । गाउँमा परम्परागत खेती प्रथा अहिले पनि कायम रहेको पाइन्छ । गाउँमा पुग्नको लागि बाटो सहज नभएको कारण जंगलको लामो बाटोनै एकमात्र विकल्प रहेको देखिन्छ ।

तत्कालीन कम्निस्ट पार्टीको चौथो महाधिबेसन सम्पन्न गरी मदन भण्डारीलाई पार्टीको महासचिव बनाए पछि यो ठाउँ कम्निस्ट पार्टीको लाल किल्ला भनिदै आएको अवस्था रहेको पाइन्छ । हुनपनि हो , विगतमा धनगढीमाई नगरपालिकामा मेयरको पद कम्निस्ट पार्टीका हरिनारायण चौधरीले सम्हाल्दा पनि , उनी यस बस्ती प्रति बेखवर नै बनिरहे । विकाशको नाममा उनले कागजी घोडा तयार गरेता पनि धनगढीमाईको गागन बस्तीमा गएर विकाशको परिभाशा सजिलै बुझ्न सकिन्छ ।

नेपालको कम्निस्ट आन्दोलनमा मुख्य भूमिका रहेको यस ठाउँमा लाल किल्लाका हिमायती भनाउँदाहरु किन चुके ? वडा नं १४ को यस ठाउँमा विगत लामो समयसम्म कम्निस्ट पार्टीले नेतृत्व गर्दै आएको थियो । विगतका वडा अध्यक्ष ठरेन्द्र राई यस ठाउँको भुगोलसंग परिचित हुँदा पनि उनको पनि यस ठाउँमा ध्यान गएनन् आफनो कार्यकालको जम्मा दुईपटक यस ठाउँमा पुगेका विगतका वडा अध्यक्ष राईले बस्तीमा जे आश्वासन दिएर आए ती पूरा गर्न पुन फर्केर गएन्न।

नेपालको राजनीतिक इतिहासको पाटोसँग जोडिएको भागको एक हिस्सामा रहेको गागन मागन बस्तीमा देशका वरिष्ट कम्निस्ट नेताहरु तत्कालीन भूमिगत राजनीति कालमा ओत लागेको घर र आश्रय लिएको बस्तीको अनुहारमा हालसम्म कुनै फेरबदल भएको छैन ।

सरकारले विगतमा सरकार सञ्चालन प्रक्रिया अन्तर्गत घोषणा गर्दै आएको विगतका निर्वाचनका समयमा चुनाव प्रचार प्रसार गर्ने क्रममा जनतालाई अनेकन आश्वासन र सपना देखाएर मत लिएर गएका नेताहरु पुन यस उजाड बस्तीमा फर्किएँनन नेताको भाषणको आवस्यक नरहेको यस ठाउँमा झुठ्ठा आश्वासन दिएका नेताहरुलाई पाप लाग्ने सम्भावना प्रवल रहेको देखिन्छ ।

जनता हिजोका दिनमा कुवा र खोलाको पानी खान विवस थियो घरमा सलेदोमा आगो बालेर बत्ती बाल्ने चलन समाप्त भएर आजभोली महँगीले गर्दा यहाँका मानिसहरू परम्परागत अगेनामा आगो बालेर आफ्ना जीवन जिउन बाध्य भएका छन् ।

हालका कम्निस्ट मेयर शिवशंकर महतो र धनगढीमाईनगरपालिकाका प्रसासनीक निकाय पनि यस वस्तीका बारेमा अनविज्ञ रहेका छन् । बस्तीमा बाटो छैन , खानेपानी छैन, शिक्षाको लागि धेरै टाढा जानुपर्ने बाध्यता , यहाका जनताले स्वास्थ्य सेवाको अनुहार देख्न पाएको छैन । खर अनि बाबियोले छाएको बस्तीमा हालसम्म आफूलाई परिवर्तनका अगुवा भनाउँदाहरु कहाँ सुतिरहेका छन् ।

लाल किल्ला भत्काउँदै नेपाली कांग्रेस पार्टिका तर्फबाट कलिलो उमेरमा उदाएका हरियो किल्लाका चम्किलो ताराले पार्टीको स्वार्थ भन्दा माथि उठेर गागन मागन बस्तीमा आफ्ना पहिलो प्रार्थमिकता भएको भन्दै बिजुलीको खम्भा उक्त बस्तीमा विद्युत प्राधिकरणको सहयोगमा गाड्न लगाएका छन् । स्मरण रहोस्, अमित ठकुरी पार्टी र स्वार्थ भन्दा माथि रहेर काम गरिरहेका छन् भने गागन मागन अहिले पनि कम्निस्टको बाहुल्यता भएको ठाउँ मानिन्छ ।

यस बस्ति माथि बढी चिन्तित देखिएका अमित ठकुरी ज्यूले केन्द्र र प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर यहाँको समस्याको उठान गरिरहेका छन् ।

विगतमा यस ठाउँमा पुग्नको लागि ट्र्याक खोलियेता पनि राजनीतिक स्वार्थले खोलिएको बाटो वर्ष नपुगदै बगरमा परिणत भएको छ भने अर्कोतिर वाटो बन जंगलमा परिणत हुँदै वनमारा घारीमा परिणत भएको छ ।

राजनीतिक स्वार्थ भन्दा माथि उठेर हेर्दा गागन पुग्नको लागि बस्नेत टोलबाट मात्र करिब २० मिनेटको दुरीमा नया ट्र्याक खोलेर बस्तीमा पुग्न सकिने अवस्थामा बाटो अर्थात् बस्तीलाई उज्यालोमय बनाउन अमित ठकुरी जस्ता वडा अध्यक्ष आफूहरुलाई चाहिएको बताउँदै बस्तीमा हालसम्म कुनै पनि वडा अध्यक्षहरु नआईरहेको अवस्थामा अमित ठकुरी आफै यहाँका समस्याको बारेमा चिन्तित बन्दै हाम्रो गाउँ बस्तीमा आईरहने वडा अध्यक्ष पाएकोमा आफूहरु खुशी भएको बताउँदै स्थानिय निर्वाचनमा पार्टीभन्दा पनि व्यक्तिलाई हेर्नुपर्ने धारणा स्थानीहरुले बताइरहेका छन् ।

गागन मागन बस्तीको विकास केवल अमित ठकुरी ज्यूबाट मात्र सम्भव हुने अधिकांश स्थानियको बुझाइ रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑