• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संघर्षको मैदानमा रामजी प्रजापती

नेपाल पोस्ट दैनिक
    August 27, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल लहान ११ भदौ । समाजका विकृति विसंगति र समाजलाई कुरुप बनाउँदै आएका खराब तत्वहरूका विरुद्धमा आफ्ना बुलन्द आवाज निकालेर कलम चलाउने उनै हस्ती हुन् रामजी प्रजापती ।

समाजमा सकारात्मक परिवर्तनका आयामहरु कोरिरहदा अप्ठ्यारा परिस्थितिहरुसंग सामाना गर्ने आँट हिम्मत गरेर आम जनताको भावनाको कदर गर्दै खराब तत्वको बारेमा आफ्ना कलम चलाउँदै आएका प्रजापतिलाई अनेकन अप्ठयारा संकटले घेरिरहेका छन् ।

निर्दोष जनताको पक्षमा कलम चलाउँदा उनका बालबच्चालाई शिक्षाबाट वञ्चित गराउँदै फटाहा पत्रकारको सङ्ज्ञा दिने प्रिनिसिपल र तस्करको विरुद्धमा कलम चलाउने आँट र हिम्मत गर्दा अनेकन किसिमका सास्ती भोग्दै अनवरत रूपमा आफ्नो कलम चलाउने नवलपरासी जीतपुरका रामजी प्रजापती समाजका अशल गहना पनि हुन ।

निडर भई आफ्नो कलम चलाई रहदा किन उनलाई खराब नजरले हेरिन्छ । आखिर समाज परिवर्तनको खोक्रो नारा दिने समाजका अगुवाहरु किन सत्यदेखि डराइरहेका छन् । अरूको बारेमा नराम्रो सुन्नुभन्दा पहिले किन वास्तविकता पत्ता लगाउँदैन आफूलाई महान भन्ने व्यक्तिहरूले अरूको कुरा सुनेर वास्तविकताको पहिचानमा किन चुकिरहेका छन् आजभोलि हाम्रो समाज अरुलाई गिराउने हिसाबले सक्रिय व्यक्तिहरूका कारण हाम्रो समाज आज अशान्तितिर गैरहेको वर्तमान परिवेशमा सकारात्मक चिन्तन तपाईं हाम्रो दायित्व भएको हुनाले कसैमाथि गलत आरोप लागाउनु भन्दा पहिले छातीमा हात राखेर सोचौं हामी के गरिरहेका छौं भनेर ।

समाजमा न्यायको अभिभारा बोकेर तस्करी गर्दै निमुखा गरीब जनतालाई कालकोठरीमा नारकीय जीवन जिउनको लागि विवस बनाउने व्यक्तिको विरुद्धमा समाचार लेख्नु अशल वा खराब के हो । निर्णय तपाईंको हातमा । आज स्वच्छ पत्रकारितामा लागिरहेको अवस्थामा एउटा निर्दोष कलमकर्मी माथी अनेकन जालझेल सिर्जना गर्दै उनका अबोध बालबच्चालाई विद्यालयबाट निष्कासन हुँदासम्म पनि मौन वस्ने तपाईं हाम्रो कर्तव्य के समाजमा खराव तत्वको विरोध हुन जरुरी छ , तर यहाँ खराब तत्वलाई जोगाउनका निम्ति अनेकन राजनीतिक चलखेल हुन्छ । कानुनी दायरामा दोषी देखिंदा पनि कानुनी प्रक्रिया कुन दिशामा अघि बढिरहेको छ ।त्यतातिर चासो कसैको छैन तर एउटा सत्य मार्गमा कलम चलाई रहदा अनेकन किसिमका लान्छना लगाउने पापीहरूलाई दिक्कार छ । तत्काल समाजको आँखा छोपे पनि ईश्वरको आँखा छोप्न सकिन्न त्यसैले छातीमा हात राखेर सोचौं ।

संकट आउँदैमा रामजी प्रजापतिको आँट,हिम्मत अनि साहसमा कुनै कमी आउने छैन । उनको कलम अनवरत रूपमा अघि बढिरहने छ जल्ने जल्दै गरोस् । झुठ्ठा आरोप लगाउँदै गरियोस । आरोप प्रत्यारोपको खेती जारी राखियोस तर क्षितिजमा उदाएका रामजी प्रजापती चन्द्रमा झै शीतल प्रकाशले समाजलाई उज्यालो दिईरहने छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑