समाचार

५ देखि ११ वर्ष बालबालिकालाई खोप अभियान २०७९ सुरु

सुधान्शु गिरि रमवापुर ७ भदौ । मिति २०७९,०५,०७ गते दिन मंगलवार बिहान १० बजे देखि यस कृष्णनगर नगरपालिका वडा नं. ४ सिर्सिहवा स्वास्थ्य चौकी कार्य क्ष्रेत्र भित्र रहेको कृष्णनगर नगरपालिका वडा नं। ४ को रमवापुर गाउँमा श्री शिव शक्ति आधारभुत विधालयलाई खोप केन्द्रको रुपमा प्रयोग गरि ५ देखि ११ वर्ष सम्मा बालबालिकालाई पी फाइजर खोप संचालन भएको हो ।

पी फाइजर खोप कोभिड खोप अभियान अन्तर्गत मिति २०७९,०५, ०१३ गते सम्मा यस कृष्णनगर नगरपालिका वडा नं. ४ सिर्सिहवा स्वास्थ्य चौकी कार्य क्ष्रेत्र भित्र रहेको विभिन्न खोप केन्द्रहरुमा लगाईने जानकारी सिर्सिहवा स्वास्थ्य चौकीको प्रमुख( राम कुमार गुप्ताले जानकारी दिनु भयो । उक्त समयमा सहयोग को लागि सिर्सिहवा स्वास्थ्य चौकीको विरेन्द्र कुमार गुप्ता, बाल विकासबाट श्री शिव शक्ति आधाभुत विधालय मा खटियेको सीमा सहनी स. का स्वम सेविकाको रुपमा, महिला स्वम सेविका अजोरमती मौर्य तथा सुनिता पाण्डेय साथै विधालयको प्र।आ। समेत सबै शिक्षक, शिक्षिका को उपस्तिथि रह्यो ।

विधालयमा कक्षा ९१५० सम्मा का विधार्थी जम्मा ८०५ बच्चाहरुको उमेर ११ वर्ष रहेको जानकारी विधालयको प्राध्यापक( राजेश कुमार जैसवालले जानकारी गराउनु भयो।

कृष्णनगर नगरपालिका वडा नं. ४ सिर्सिहवा स्वास्थ्य चौकी कार्य क्ष्रेत्र भित्र रहेको विभिन्न खोप केन्द्रहरु(

१( २०७९,०५,०७ श्री शिव शक्ति आधारभूत विधालय, रमवापुर
२( २०७९,०५,०८ गणेश आधारभुत विधालय, बालानगर
३( २०७९,०५,०९ सिर्सिहवा आधारभुत विधालय, सिर्सिहवा
४( २०७९,०५,१० अब्दुल माजिदको घर, रुपगंज
५( २०७९,०५,११ महादेव शिव मा.वि. गणेश यादवको घर, महादेव शिवभारी
६( २०७९,०५,१२ शिव मन्दिर, सिर्सिहवा
७( २०७९,०५,१३ सिर्सिहवा स्वास्थ्य चौकी, सिर्सिहवा
सहजीकरण को लागि ७ (सात) खोप केन्द्र बनाईएको छ ।