दोलखा ३१ कार्तिक । नेपाल भौगोलिक रूपमा विकट मानिएको छ जहाँ वातावरणीय विविधता हुनुका साथै कृषि फशलको उब्जनीमा समेत विविधता पाइन्छ ।
तराई र पहाडी क्षेत्रमा पाइने बालीनाली हिमाली क्षेत्रमा पाइने बालीनालीको उब्जनीमा तालमेल नमिल्नु वातावरणीय विविधताको मुख्य प्रभाबले गर्दा हो । देशको एक ठाउँमा उब्जनी हुने बालीनाली अर्को भेकका मानिसले सजिलै प्राप्त गर्नु यातायातको सुविधा बढ्नु नै हो ।
हिमाली जिल्ला अन्तर्गत दोलखाकाे शैलुङ्ग ७ फस्कुका किसानहरू यतिबेला अकवरे खुर्सानी खेतीमा लागिपरेका छन् । चिसो हावा पानीमा उब्जाईएको अकबरे खुर्सानीले ग्यास्टिक जस्ता रोगको लागि औषधिको काम गर्ने भएको हुनाले स्थानिय बजारहरुमा खुर्सानीको माग बढिरहेको अवस्थामा स्थानिय कृषकहरु खुर्सानी खेतीमा आकर्षित भएको बुझिएको देखिन्छ ।