विनोद मण्डल कर्जन्हा २१ साउन । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गको उत्तरी छेउमा सञ्चालित रहेको शौर्य सिमेन्ट उद्योगमा सामाचार सङ्कलन गर्न पुगेका संचारकर्मीमाथि लाठी प्रहार गरी पितठयूको छाला फुटाइएको छ ।
गत साउन महिनाको ३ गतेदेखि शौर्य सिमेन्टमा काम गर्दै आएका मजदुरहरुले आफ्ना मागहरु राखेर सांकेतिक आन्दोलन गर्दै आएका आन्दोलित मजदुरहरूको मागलाई सम्बोधन नभएपछि उद्योग परिसरमा धर्ना दिइरहेका मजदुरहरूको समस्याको समाचार संकलन गर्न पुगेका संचारकर्मीद्धय चन्द्रदिप ठाकुर र अर्विन पासवानलाई त्यहाँ स्थित प्रहरीले किन समाचार बनाउन लागिस् ? तेरो काम यही हो , भिडियो बनाउने अधिकार कसले दियो ? उद्योग भित्रको कुरा बाहिर ल्याउने तिमीहरू को हो? भन्दै प्रहरी र उद्योग सञ्चालकले सञ्चारकर्मीहरुलाई थर्काउदै उद्योग सञ्चालकले यस्ता पत्रकारहरुलाई लाठीले ठीक पार्नुस जे बेहोर्नु पर्ने हो म बेहोछु भन्दै संचालकले प्रहरीलाई निर्देशित गरेपछि प्रहरीले सञ्चारकर्मीहरू माथी अन्धधुन लाठी चलाएको मजदुरलाई उदृत गर्दै स्थानियले जनाएका छन् ।
प्रहरीको निर्घात कुटाईबाट सख्त घाइते भएका रेडियो गंगाजलका समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता अर्बिन पासमानलाई कर्जन्हा स्थित रहेको फुल कुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । शौर्य सिमेन्ट उद्योगमा कन्ट्रयाक्टर मार्फत काम गर्ने स्थानिय मजदुरहरु श्रावण ३ गते देखि आन्दोलित भएपनि उनीहरुले उठाएका मागहरुको सुनुवाई नभएपछि रिपोर्टिङ्गका लागि शौर्य सिमेन्ट उद्योग परिसरमा पुगेपछि त्यहाँ स्थित खटिएका प्रहरीले जथाभावी गाली गलौज गर्दै आफुहरु माथि लाठ्ठी प्रहार गरेको समाचार वाचक चन्द्रदीप ठाकुरले जानकारी दिए । सञ्चारकर्मी ठाकुर र पासमानको पिठ्यूमा र हात खुट्टामा ठुलो डाम आउने गरि कुटपिट भएपछि अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलित मजदुरहरूका अनुसार ” हामी शान्तिपूर्ण धर्नामा बसेको अवस्थामा आफूहरु माथि प्रहरीहरुले ज्यादती गर्दै धर्ना बिथोल्न खोज्दै लाठ्ठी प्रहार गर्दै धपाउन खोजेको र प्रहरीहरु उद्योग संचालकको सेटिङ्गमा कुटपिट गरेको हाे ” भनी मजदुरहरूको आरोप रहेको छ । ”
उद्योगमा लामो समय देखि आन्दोलनरत रहेका मजदुरहरुको कुरा सुन्नका लागि दुवै जनालाई आइडि कार्ड र सञ्चारकर्मीको परिचय झल्किने गरी उद्योगमा रिपोर्टिङ्ग गर्न पठाएको अवस्थामा यसरी सञ्चारकर्मीलाई नै कुटपिट गर्नु भनेको देशको चौथो अंग पनी सुरक्षित नरहेको “” रेडियो गंगाजलका प्रबन्ध निर्देशक तथा राष्ट्रिय दलित पत्रकार संघ शाखा कार्यालय सिरहाका अध्यक्ष सरोज कुमार पासमानले जानकारी दिए ।
यता घटना निन्दनीय भएको भन्दै मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण यादवले सञ्चारकर्मी र मजदुरलाई कुटेर आन्दोलनको समस्या समाधान गर्नुको साटो लामाे विवाद सृजना गर्न शौर्य सिमेन्टका संचालक लागि परेकोले यसको जवाफ समेत उसैले दिनुपर्ने बताए ।
घट्नाको वारे जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता इन्सपेक्टर रामचन्द्र साहसंग बुझ्न खोज्दा अवस्था नियन्त्रणमा लिनको लागि ३ राउण्ड आश्रुग्यास प्रहार भएको र सञ्चारकर्मीहरु माथि कुटपिट भएको घटना वारे आफूलाई केही जानकारी नभएको भन्दै घटनालाई लुकाउन लुकाउन खोजेको बुझिएको छ ।