राजनीतिक

आज सत्ता गठबन्धनको बैठक बस्दै, चुनावसम्म एकता कायम हुने घोषणा गर्ने तयारी

काठमाडौं २० साउन। सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अब आगामी चुनावमा गठबन्धनको सिट बाडफाँडको विषयमा तीन दलले कति सिट पाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बिहीबार एक कार्यक्रममा आउने प्रदेशसभा र प्रतिनिधसभाको चुनावमा अहिलेको गठबन्धन नै कायम रहने भन्ने घोषणा गर्ने तयारी रहेको बताएका थिए ।

बैठकपछि चुनावमा पनि गठबन्धन कायम नै रहने घोषणा गर्ने तयारी रहेको छ ।

हिजाे बसेकाे मन्त्रिपरिषद्काे बैठकले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव आगामी मंसिर ४ गते गर्ने घाेषणा गरेकाे थियाे।