शम्भु चौधरी लहान १० साउन । घटना धनगढीमाई न पा १ मेदनीपुरको हो । ०७८ जेठ १८ गते लहान १९ छर्रापट्टीकी सदो खातुनसँग धनगढीमाई न पा १ मेदनीपुरका मो हसैनसँग विवाह हुन्छ । विवाहमा नगदसहित पाँच लाख खर्च गर्छन् । परिणाम विवाहको दूई दिनमै सदोलाई जनावर सरह व्यवहार गर्न थाल्छन् उनीका पति हसैन
महिला आफनो जीवनमा धेरै,सपना बोकेर परिवार सजाउँनमा तलिन रहन्छन् । यसको लागि पुरुष पनि सपना सकार गर्न सालिन बन्नुपर्ने देखिन्छ । तर, पुरुष जब महिलालाई जनावर सरह व्यवहार गर्छन् भने त्यो सबै सपना चकनाचुर हुन्छ । आज यस्तै भएको छ लहान १९ छर्रापट्टीबाट विवाह गरेर धनगढीमाई १ मेदनीपुरमा ।
योसँगै ससुरा बचकुन मियाँले घिसारी घिसारी कुटपिट गर्न थाल्छ । पति हसैनले खाना, नुहाउन, सुत्दा समेत कुटपिट गरी एक हप्तामै घरबाट निकाला गर्छिन् । घोर यातना पश्चात सदो फर्किएर ससुराको नाम लिन चाहदैन । सदो भन्छिन् —‘मलाई मार्न तकियाले मुख दावे ।’ ‘यसको प्रतिकार गर्दा वेल्टले कुटपिट गरे ।’‘विरामी पर्दा कुटपिट गरी कपडा धुन लगाउँथ्यो ।’ ‘मलाई मार्ने योजना नै बनाएको हो ।’ पटक पटक यातना दिएपछि न्यायको लागि सदोले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए ।
प्रहरीले हसैनलाई एक घण्टा नियन्त्रणमा राखेर रिहा गरेका छन् । महिला हिँसा गर्ने पुरुषलाई समान्य विवाद भनेर प्रहरीले उनलाई रिहा गरिएको छ । तर, सदो आज एक बर्षदेखि न्यायको लागि भौतारीएकी छन् । लहान प्रहरी यो घटनाप्रति उदासिन छन् । सदो थप्छीन्—‘प्रहरीले अपराधीलाई बढाव दिएको छ ।’‘मलाई केही चाहिदैन, विवाहमा भएको खर्च दहेज फिर्ता गराए पुग्छ ।’ ईलाका प्रहरी कार्यालय लहान यसप्रति मौन छन् ।
मेदनीपुरका स्थानिय अगुवाहरु भन्छन यसको पंचायत धेरै पटक गरीयो पंचायतबाट क्नै किसिमको टेरपुच्छर लागेन अब कानूनी प्रक्रियाबाट नै न्याय खोज्नु पर्ने देखिन्छ ।