महेश सिंह सिरहा लहान १५ बैशाख – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोद्वारा श्रीमान गुमाएकी पीडित महिलालाई मृत्यु दाबी भुक्तानी दिएका छन्।कटारी नगरपालिका वाडा नम्बर १० बरेबारी बस्ने भक्त बहादुर श्रेष्ठ र आमा तिर्थ कुमारी श्रेष्ठकी २८ वर्षिय जेठो छोरा बिष्णु बहादुर श्रेष्ठको वैदेशिक रोजगारमा साउदी अरेबिया स्थित आफ्नै काल गतीले मृत्यु भएको थियोे।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान सखाले मृतकको श्रीमती मन कुमारी श्रेष्ठलाई वैदेशिक रोजगार म्यादी जिवन बिमा अन्तर्गत १४ लाखको चेक हस्तान्तरण गरेका छन्।मृतलाई श्रीमती र २ बर्षकी एक छोरी छिन्।मृतक श्रीमती श्रेष्ठलाई इन्द्र नारायण श्रेष्ठ र भाई वीर नारायण श्रेष्ठ र पत्रकार महेश सिंहको रोहबरमा प्रबन्धक महतोले चेक हस्तान्तरण गरेका हुन्।प्रबन्ध महतो स्व्च्छ इमानदार, र बौद्धिक छ्बीका धार्मिक ब्यक्ती हुन्। उनको बिमा पोलिसी नम्बर FE १०००१८७९७० रहेका थिए।
श्रेष्ठलाई २०७८ मंसिर ९ गते साउदी अरेबियाको अलमावारीड रेकरुईटमेन्ट कम्पनीमा आफ्नै काल गतीले श्रेष्ठलाई मृत्यु भएको थियो। मृतक परिवारले ४ महिना पछी लास पाएका थिए। मृतक श्रेष्ठ समान्य ज्याला मदुरी गर्ने परिवारका छोरा थिए। छोराको मृत्यु पछी परिवारमा पुत्र शोकमा डुबेका छन्।