राजनीतिक

सप्तरीको राजविराज नगरपालिकामा जनमत पार्टीबाट मेयरको टिकेट ममता लाइ

सप्तरीको राजविराज नगरपालिकामा जनमत पार्टीले महिलालाई मेयरको रुपमा अघि सारेको छ । राजविराजको मेयरमा जनमत पार्टीले ममता झालाई उम्मेदवारको रुपमा अघि सारेको हो ।


उनले निर्वाचन आयोगले दिएको समयमा उम्मेदवारी दिएर निर्वाचन प्रचारप्रसारको कार्यलाई अघि बढाइसकेकी छन् । उम्मेदवारी दिएर घरदैलोका साथै कार्यक्रमहरु गरेर माहोल बनाउने कार्यमा खटिएको झाको भनाइ छ ।



उनले अन्य दललाई पटक पटक हेरिसकेकाले एक पटक जनमत पार्टीलाई जिताउन आग्रह गरेकी छन् । भ्रष्टाचार निर्मूल पार्ने, रोजगारीको अवसर प्रदान गर्नेलगायतको एजेण्डा उनले अघि सारेकी छन् ।