महेश सिंह सिरहा लहान १३ बैशाख – सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रका नेताहरुले चुनावमा भागलिन मनोनयन दर्ता गराएका छन्।
बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भाग लिन मनोनयन दर्ता गराएका हुन्। आफ्नो पार्टीको बर्चस्वको लागी ब्यस्त देखिएका छन्।निर्वाचन आयोगले बैशाख ११ गते देखि १२ गते सम्म मनोनयन दर्ताको समय दिएका थिए।
सिरहा १७ वाटा स्थानीय तहका विभिन्न राजनीति पार्टीका उमेदवारहरुले पाईक पर्ने निर्वाचन कार्यालयमा उमेदवारी दिन ब्यस्त रहेका छन।माओवादी केन्द्रका सखुवानान्कारकट्टी गाउँपालिकामा चुनावमा भाग लिने उमेरहरुको नामावली सर्बजनिक गरेका छन्।
पालिका अध्यक्षमा हरिनन्दन यादब,उपाअध्यक्षमा उषा कर्ण, वाडा नम्बर १ को अध्यक्षमा अरबिन्द कुमार चौधरी,वाडा नम्बर २ को अध्यक्षमा परिक्षण महतो,वाडा नम्बर ३ मा बिद्यान्न्द चौधरी,वाडा नम्बर ४ को अध्यक्षमा शिबनरायण पण्डित र वाडा नम्बर ५ को अध्यक्षमा सुरेश कुमार चौधरी लाई उमेदवारी दिन टिकट दिएका माओवादी केन्द्रका नेता तथा गाउँपालिका संयोजक आशान्न्द यादवले बताए।
सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादीले पनि बैकल्पिक शक्तिको रूपमा अगाडि बढी रहेको नेता संयोजकले इच्छा जाहेर गरेका थिए।