राजनीतिक

लहान ८ का लागी काङ्ग्रेस निकट श्याम कुमार साहले गराए मनोनयन दर्ता

महेश सिंह सिरहा लहान १४ बैशाख – लहान नगरपालिका वाडा नम्बर ८ मा नेपाली काङ्ग्रेसबाट श्याम कुमार साहले उमेदवारी दिएका छन्। पछिल्लो निर्वाचनमा अध्यक्षको प्रत्यासी समेत रहनु भएका उनी बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उनले मनोनयन दर्ता गराएका हुन्।

बैशाख ३० हुने निर्वाचनबाट साह नै निर्वाचित हुने स्थानीयको भनाई छ्। साह बिगत ३० बर्ष देखि काङ्ग्रेस पार्टीमा आबद्ध रही राजनीति गर्दै आएका हुन्।लहान ८ मा उनको वाडा कमिटीबाट साहको नाउँ मात्र सिफारिस भएको थियो। उनले हाल वाडा अध्यक्षका लागी लोकप्रिय नेताको रूपमा चिनीएका हुन्।