महेश सिंह सिरहा लहान ११ बैशाख – लहान नगरपालिका वाडा नम्बर १६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वाडा अध्यक्षका लागी दुर्गा प्रसाद महतोले उमेदवारी दिने निर्णय गरेका हुन्।समाज रुपान्तरण गर्न का लागि लहान १६ मा अध्यक्षका लागी उमेदवारी दिने नेता दुर्गाप्रसाद महतोले निर्णय गरेका हुन्।
सभ्य समाज निर्माण गर्न गरिबीको रेखामुनि रहेको समुदायलाई माथी उकास्न आफुले उमेदवारी दिने निर्णय गरेको नेता महतोले बताए।विभिन्न संघ संस्थामा आवद्ध रही समाजसेवा गर्दै आएका नेता महतोले लहान १६ का वाडा अध्यक्षका लागी आफू उपयुक्त रहेको एक कार्यक्रमको आयोजना गरि यस्तो बताए हुन्।
विभिन्न संस्थामा आवद्ध रही काम गर्दै गर्दा समाजमा निकै लोकप्रियता तथा चर्चा बटुलेका हुन।आउने स्थानीय हकको निर्वाचनमा भागलिन पहिला देखि नै उनको मान्सिकता रहेको थियो।उनले भोलि भोलि मनोनयन दर्ता गराउने प्रतिबद्धता गर्नु भयो।