महेश सिंह सिरहा लहान ११ बैशाख – लहान १८ मा २ सय जना एमाले प्रत्यागरी नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश गरेका छन्। स्थानीय चुनावको मुखमा आएर काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने लहर छाएको छ्।पछिल्लो चुनावमा एमालेबाट वाडा अध्यक्षमा निर्वाचित भएका मोहम्मद समशेर लाई पनि अतुलनीय क्षेती भएको छ्।
मोहम्मद युनुसको नेतृत्वमा २ सय जना काङ्ग्रेसमा प्रवेश गरेका छन। नेपाली काङ्ग्रेसका प्रभाव शालीन नेता तथा पुर्व मन्त्री पदम नारायण चौधरी र वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीको हातबाट २ सय जना एमाले प्रत्यागगरी काङ्ग्रेसको माला अर्पण गरी काङ्ग्रेस पार्टीलाई साथ सहयोग गर्ने नवप्रवेशी साथीहरूले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।
एमालेका कुशल नेतृत्व कर्ता मोहम्मद युनुस,मोहम्मद खलिल,मोहम्मद कलिल,मोहम्मद अफजल लगायत २ सय जना एमाले प्रत्यागगरी काङ्ग्रेसमा प्रवेश गरीएका छन्।