सचिता सिहं लहान ११ वैशाख । सिरहाको धनगढी माई नगरपालिका १ सिरहाको नेकपा एमाले पार्टीवाट वडा अध्यक्ष पदका लागि सुर्या नारायण महतो चयन भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा एमाले तर्फवाट वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न महतोलाई चयन गरीएको पार्टी वडा कमिटी अध्यक्ष शम्भु प्रसाद चौधरीले बताए ।
विकास प्रेमी, कर्मठ तथा इमन्दार नेताको रुपमा परिचित नेता महतो २०७४ को निर्वाचनमा विजय प्राप्त गरी स्थानीय जनताहरुको मन जित्न सफल भएको छ ।
अवको विकाश, शिक्षा, स्वास्थय र कृषिमा कार्य गर्ने मुख्य लक्ष्य राखी म स्थानीय तहको चुनाव लडने तथा वडाको सम्मुर्ण जनतालाई मुस्कान सहितको सेवा प्रदान गर्न प्रतिस्प्रधी वडा अध्यक्ष महतोले वताए ।
अन्य सदस्यमहरुमा क्रमशः नन्दिलाल साह, राम चलितर यादव, महिला सदस्यमा कौशल्या कोइरिन र दलित महिला सदस्यमा जमुनी सदाय पार्टी वडा कमिटी अध्यक्ष चौधरीले बताए ।