महेश सिंह सिरहा लहान १५ चैत – लहान नगरपालिका वाडा नम्बर ८ का वाडा अध्यक्षका लागी सम्भाबित उमेदवार स्थानीय हरि नारायण महतोले आफू अध्यक्षका लागी उपयुक्त र सक्षम छु भन्दै नेपाल कम्युनिस्ट पार्टी एमालेबाट आउने स्थानीय तहको निर्वाचनमा भाग लिने इच्छा व्यक्त गरेका छन्।
उक्त वाडाका लागी आफू चुनावमा निर्वाचित हुन ठुलो प्रतिस्पर्धामा रहने उनले बताए। बिगत लामो समस्य देखि कम्युनिस्ट आन्दोलनमा होमिएका नेता हरि नारायण महतोले आउने चुनावमा भाग लिने निर्णय गरेका हुन्। उनलाई समाजको ब्यक्तीहरुले नेता महतोलाई बिश्वाससिलो ब्यक्तीको रूपमा चिनिएका हुन।
ऊनी २०५४ साल देखि कम्युनिस्ट राजनीतिमा सकृय भई हाल नेपाल कम्युनिस्ट पार्टी एमालेको वाडा कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। बजारलाई झैं बिकसित र ब्यबस्थित गर्न आफुले उमेदवारी दिने निर्णय गरेका हुन्।
