महेश सिंह सिरहा लहान १३ चैत – ईलाका प्रहरी कार्यालय लहानले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ्।लहानका इन्चार्ज डा.तपन कुमार दाहालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको उप-मेयर सरियार चौधरी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
बिशिस्ट अतिथिमा उधोग बाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य रहनु भएको थियो।अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव इन्सेकको सिरहा प्रतिनिधि दुर्गा परियार लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।
दुर्गा परियारका अनुसार शान्ति सुरक्षाको लागी खटिनु हुने प्रहरीको भुमिका समाजमा जग्जाहेर नै रहेको उनले औंल्याएका थिए। प्रहरी जस्तै हामी सम्पुर्ण नागरिकको कर्तव्य हो।हाम्रो वरिपरि भएको पराधी गतिविधिको जानकारी प्रहरी लाई पुर्याउने र घटना लुकाएर हुदैन त्यसलाई कार्बाहीको दायरामा ल्याउनु पर्छ।हामी भन्दा नेपाल प्रहरीको अनुशासन बढी नै हुने गरेको बताए।प्रहरीमा भएको कमि कमजोरीको टिप्पणी गरेका थिए।
इन्चार्ज दाहालका अनुसार प्रहरी लाई भन्नु भन्दा काम गरेर देखाउनु पर्छ। प्रचार बाजी गरेर हुदैन।लागु औषधमा सिरहामा निकै युवाहरू बिगरिएको हामीले पाएका छौँ।लागु औषध प्रयोग कर्ता नाका बाट मात्र हैन खुला बोडर भएकोले चोर बाटो भएर पनि युवाहरूले ओसारपसार गर्ने गरेको हामीले पाएका छौँ।प्रहरी जस्तै नागरिकले पनि सहयोग हुनुपर्छ। लहानबाट १५ महिनामा १ करोड ६० लाख बराबरको राजस्व नेपाल सरकारलाई हामीले बुझाएको दाहालले बताए।
लहानमा मोटरसाईकल चोरीको बिगबिगी निकै मौलाएको छ्।३९ वाटा मोटरसाईकल चोरी भएको मध्ये २९ वाटा मोटरसाईकल चालक सहित बुझाएको अवस्था रहेको छ। अपराधमा लहानको प्रहरीले ९०% काम गरेको छ उनले गर्भ गरेका थिए।आफुले कसैले दुख नदिए हिसाबले काम गरेको छु उनले सुनाइन्। उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियोे।