प्रदेश २ · मुख्य समाचार · समाचार · सामाज · सूचना-प्रविधि

रेडियो समाद १३ औं बर्ष पुरा गरी १४ औं बर्षमा प्रवेश

महेश सिंह सिरहा लहान ५ माघ – सिरहाको लहान नगरपालिका वडा नम्बर१ कृष्णटोल स्थित २०६४ सालमा स्थापना भएको सामुदायिक रेडियो समाद एफ एम १०२.६ मेगाहर्जले स्थापनको १३ हौं बर्ष पुरा गरी १४ बर्षमा प्रवेश गरेका छन्। उक्त रेडियोले प्रत्येक बर्ष माघ ४ गतेका दिन उत्सव मनाउदै आएका छन्।

सगरमाथा अंञ्चलको पहिलो सामुदायिक रेडियोको रूपमा स्थापना भएको उक्त रेडियोले अवाज बिहिनहरुको अवाजको बुलन्द गर्न उक्त एफ.एम.रेडियो एस्टेशनको स्थापन भएको एफ.एम.को कुरा म्यानेजर रामान्द चौधरीले बताए।
स्थापना काल देखि नै रेडियोले विभिन्न भाषा भाशीको समाचार र गितसंगितका कार्यक्रमहरु संचालन गर्दै आएको सहाय एस्टेशन म्यानेजर अनिल चौधरी जानकारी दिए।
समाज परिवर्तनमा रेडियोको भुमिका राम्रो रहेको स्थानीयहरुको भाईन्छ।