• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 26, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लाशको राजनीतिको प्रतीक्षामा जनमत पार्टीको नेता डा.सिके

नेपाल पोस्ट दैनिक
    December 31, 2021  मा प्रकाशित

Spread the love
      

राउत राम पुकार यादव (सम्पादक)/प्रदेश टाइम्स दैनिक सिरहा । सरकार चुनाव गराउने तरखरमा छ। उता अभियान बाटै जनतालाई मुक्ति गराउने बैज्ञानिक ड.सिके राउत आफ्ना बिखन्डणकारी मुद्दालाई केपि ओलिको सरकार रहेको बेला मुद्दा बिसर्जन गर्दै हाल जनमत पार्टी दर्ता गराएर आन्दोलनमा छन। चुनावको बेला मुद्दा बिहिन बनेको राउत आजकल विभिन्न राजनीतिक मुद्दाहरुको खोजीमा जुटेका छन।

राउत आजकाल मधेसमा रहेको किसान ब्यपारी समेतलाई चिन्न प्रयासमा जुटेका छन।तर भन्ने जुन अधार र मुद्दाहरु खोजी जनतालाई आफू केन्द्रित बनाउन खोजेको हो यी अधार र मुद्दाहरु नौलो होइन। उहाँले तराई मधेशका किसान र ब्यपारीहरुलाइ आफू केन्द्रित गर्न किसान आन्दोलन ,ब्यपार आन्दोलन गरिरहेको बेला तराइ मधेसमा मात्र होइन सर्बत्र बिरोध भैरहेको देखिन्छ।

उनले किसान पक्राउ परे पछि आफ्ना कार्यकर्ता पकाउ परेको रिहाईको माँग राखदै आन्दोलनमा जान कार्यकर्तालाई आदेश गरे।यतिखेर कार्यकर्ता रिहाई भएपनि आन्दोलन भन्ने समस्या बाट जनता फुर्सद पाएको छैन। सन्दर्भ के जोर्न चाहन्छु भने सिरहाको औरही गाउँपालिकामा किसानलाई समयमै गेहुँ बीउ उपलब्ध नभएपछि किसानहरू आफैले गेहुँ बीउ लगे।

त्यसमा बिउ लुटेको आरोपित बन्दै सिके समर्थित कार्यकर्ता र किसानहरू पक्राउ परे।जनमत पार्टी सिरहाले नेतृत्व गर्न अग्रसर हुँदै किसान रिहाइको माँग गर्दै सिरहा बन्दको घोषणा गरे।शान्तिपुर्ण स्वरुपमा घोषणा गरिएको आन्दोलनमा विभिन्न ठाउँ र बजार शहरहरुमा गाडी तोडफोड आगजनी समेत गर्न पछि हटेन। आक्रोशमा सिरहाको प्रशासनले पनि निकास दिनुको साटो निषेधाज्ञा जारी गरे।

सिरहा प्रशासनले पनि बाँध नै लगायो।बाटो खोल्ने मजबुत अधार दिएन।पछि सिरहाको राजनिती दलले संयुक्त रुपमा बहस चलाउँदै बैठक बसि किसानहरुको रिहाई गर्नु पर्ने धारणा सार्वजनिक गर्दै संयुक्त बिज्ञय्पती जारी गरे।परिणाम स्वरुप सिरहा प्रशासनले कार्यकर्ता सहित किसानको रिहाइ गरे।यति भैसकेपछी राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन किनारा लाग्नु पर्थ्यो। तर किनाराको साटो झन १२ बुंदे मांग सार्वजनिक गर्यो।

यसले किसान र कार्यकर्ताको रिहाइ होइन उनले चुनाव खेल्न किसानको लाशको कमि भएको र त्यसको प्रतीक्षामा बसेको प्रष्ट झल्किन्छ । राजनिती दलले पनि जनता फुर्सद पाएको बेला मौसम खोजी राजनीति मुद्दाहरु उठाउने सोच पुरानो होइन।यो जनतलाइ भर्ममा पार्ने खेल मात्रै देखिएको बुझिन्छ ।

सिके राउतको राजनीति बिचार जनमुखी शैलीको देखिएन। नेनसन मण्डेला र महात्मा गाँधिको बिचारलाई नेपाली जनतामा संस्था गत गर्ने भनेको पार्टी नेतृत्व चुनावको मुखमा त्रास महसुस गर्दै उग्र उर्जामा आएको जनताको बुझाइ छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    • पछिल्ला
    • लोकप्रिय
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑