• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सहकारी र बैंक बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 13, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २७ भाद्र । राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाद्वारा आयोजित सहकारी र बैंक बीच अन्तरक्रिया तथा सम्मान पुरस्कार वितरण एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रममा आ व २०७६र७७ मा उत्कृष्ट कारोवार गर्ने द सहारा सेविङ्स एण्ड इन्भेष्टमेन्ट कोआपरेटिभ सोसाइटी लि लहान सेवा केन्द्र र नियमित कारोवार तर्फ मिथिलाञ्चल कृषी सहकारी संस्था लि लहान सिराहालाई बैंकका अध्यक्ष र प्रमुख अतिथीबाट सम्मान पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा जिल्ला सहकारी अभियानलाई चलायमान राख्नको निमित्त जिल्लाका सहकारीकर्मी र जिल्ला सहकारी संघको सकृयता तथा सहकारीकर्मीहरुको पहलको आवश्यकता हुनेमा जोड दिनु भयो । सहकारी महासंघको तर्फबाट ूमैले सहकारी संघसंस्थाको विकासको लागि प्रदेश २ का सहकारी मन्त्रीसंग समेत व्यक्तिगत रुपमा समेत पहल गरेको छुू ओम देवी मल्ल ज्युले भन्नुभयो । समग्र सहकारी अभियानको विकासको लागि महासंघले सहकारी विषयलाई त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गराएको र केही समय पश्चात सहकारी विषयमा पढाई समेत सुरु हुने जानकारी दिनु भयो । साथै सहकारी संघसंस्थालाई आवश्यक पर्ने हर किसिमको सहयोग गर्न महासंघ तयार रहेको समेत जानकारी गराउनु भयो । त्यस्तै सहकारी बैंकले सबै किसिमका सहकारी संघसंस्थाहरुलाई आफ्नो शेयर सदस्यता प्रदानगरी वित्तिय तथा गैरवित्तिय दुबै सेवा प्रदान गर्ने भएको हुँदा राष्ट्रिय सहकारी बैंकसंग जोडि कारोवार गर्न समेत सहकारी संघसंस्थाहरुलाई आहवान गर्नुभयो ।

त्यसैगरि आफ्नो मन्तव्य राख्ने क्रममा बैंकका अध्यक्ष तथा एन ई डि ए सी का उपाध्यक्ष के बी उप्रेतीले उपयुक्त कार्ययोजना समेत बनाइ कृषि, उत्पादन, स्वरोजगार हुने परियोजना प्रश्ताव आए बैंक ६ प्रतिशत मै कर्जा लगानी गर्न समेत तयार रहेको जानकारी गराउनु भयो । त्यस्तै सहकारी बैंकले अन्य बैंक तथा बित्तिय संस्था फण्ड ट्रान्स्फर सेवाको चेकजांच चरणमा रहेको र चाडै सुरुवात गर्ने समेत जानकारी गराउनु भयो । हालको तिनै तहको सरकारसंग समन्वय गरि सहुलियत दरको कर्जा बैंक मार्फत सहकारी र सहकारी मार्फत जनतालाई कर्जा प्रवाह गर्नको निमित्त पहल भैरहेको समेत जानकारी दिनुभयो । त्यस्तै सहकारी संघसंस्थाको मागको आधारमा आवश्यक जुन सुकै किसिमको राष्ट्रिय तथा अन्तरास्ट्रिय तालिम उपलव्ध गराउन समेत बैंक तयार रहेको कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहकारी महासंघ लि नेपालका वरिष्ठ उपाध्यक्ष तथा अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड मेम्बर सहकारीकर्मी ओम देवी मल्ल रहनु भएको थियो भने राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष, एन ई डि ए सी का उपाध्यक्ष के बी उप्रेती विशिष्ट आतिथ्यतामा र राष्ट्रिय सहकारी बैंक लहान शाखा समन्वय उपसमिती संयोजक सन्जय कुमार महतो ज्युको अध्यक्षतामा सम्म्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका सन्चालक तथा प्रदेश २ संयोजक विश्वनाथ मण्डल र बैंकका संचालक ध्रुब नारायण यादबको समेत उपस्थिती रहेको थियो भने अतिथिमा विभिन्न संघका पदाधुकारीहरु र लहान नगरपालिका सहकारी फाटका कर्मचारी उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम सन्चालन बैंकका सन्चालक विश्वनाथ मण्डलले गर्नुभएको थियो भने बैंकको प्रगति विवरण प्रस्तुतीकरण लहान शाखाका शाखा प्रमुख समिर श्रेष्ठले गर्नु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑