• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 25, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

नेपाल पोस्ट दैनिक
    September 12, 2021  मा प्रकाशित

Spread the love
      

कृष्णनगर/कपिलवस्तु – जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा सम्पन्न भएको छ।

प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा‌ नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी विशिष्ट अतिथि लुम्बिनी प्रदेश योजना आयोग सदस्य शिवपुजन यादव पुर्व सांसद तथा जसपा नेपालका केन्द्रीय अनुशासन विभागका संयोजक नरसिंह चौधरी र जसपा नेपालका कपिलवस्तु जिल्ला इन्चार्ज तौफिक खान अतिथीमा सामसेवक यादव आरती सिंह जगदम्बा प्रसाद चौधरी छेदी यादव, राज किशोर यादव तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व मंत्री चौधरीले सधै लडयो अरुको लागि अब लडौ आफ्नो लागी मुल नाराका साथ बोल्दै आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिका हकहित दिलाउनका लागि जसपा नेपाल संघर्ष गरेको बताउदै सबैको साझा पार्टी जसपा नेपाल नै विकल्प रहेको बताउनु भयो।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादवले मुख्यमंत्री कुल बहादुर केसी विकासका लागि तत्पर रहेको बताउदै जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याउन लुम्बिनी प्रदेश सरकार पहल गरिरहेको छ। प्रदेशको विकास सबैको सल्लाह सहकार्य गरि मात्र अगाडी बढ़ने तथा क्यान्सर मुटुरोग मृगौला जस्ता प्राणघातक रोगको गरिब वर्गहरु उपचार गराउन नसक्ने रोगीहरुका लागि लुम्बिनी प्रदेश सरकारले तिन लाख अनुदान दिने कार्यक्रम ल्याइएको बताउदै भनेकि हामी सरकारमा आउन त आए तर साथ साथै समयको पनि अभाव रहेको छ हामीले आएको समयमा कार्य गर्नको लागि धेरै चुनौती रहेको तर पनि यो कार्यकालमा सरकारले विशेष गरि आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिको हकहितमा काम गर्ने पुर्ण तैयारी रहेको आयोगका सदस्य‌ यादवले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित प्रमुख अतिथी विशिष्ट अतिथी, अतिथी तथा आएका सम्पूर्ण पदाधिकारीहरुको स्वागत गर्दै हृदय देखि धन्यवाद व्यक्त गर्दै यो क्षेत्रमा आज सम्म खासै विकास नभएको यहाका सोझा साझा जनतालाई चुनावमा झुठो अस्वाशन दिएर चुनावमा विजयी हुने काममा मात्रै सिमीत भएको ६२ हजार भन्दा बढ़ी जनसंख्या भएको नगरपालिका भित्र क्याम्पस तथा सुविधा सम्पन्न अस्पताल तथा बाटो घाटो उचित व्यवस्थापन गराउन नसकेका जनप्रतिनिधिहरु लाई आउने चुनावमा यस्ता जनप्रतिनिधि हरु लाई बहिष्कार गरि जनताको बिच रही जनताको सुख दुखमा सहभागी हुने र जनताको समस्यालाई सर्वोपरि राख्ने उम्मेदवार लाई मतदान गर्न जसपाका सम्बन्धित सबैलाई आग्रह गर्दै भनेकि चाइनाको विस्तारवादी निती रहेको यसबाट नेपाललाई समेत खतरा रहेको र चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको चाइनाले उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएको छ।

धार्मिक सांस्कृतिक सभा गर्नामा बाधा व्यावधान गर्छन चाइनाले उइगर समुदायका मुस्लिमहरुलाई देशबाट पाउने सेवा सुविधामा कटौती समेत गरेको प्रवक्ता अकरम पठान ले बताएका थिए। कार्यक्रममा वृजेश कुमार गुप्ता, नदिम अरसद इदरिशी, जीवन श्रीवास्तव, दिपेंद्र चौधरी, मुन्ना लाल यादव, रेखा माली ,राजमती केवट, दशरथ यादव लगायत सयौं कार्यकर्ता समाजसेवी ,बुद्धिजीवी ,पत्रकारहरुको उपस्थिति रहेको थियो। बजरंगी गुप्ताले कार्यक्रम संचालन गर्नुभयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑