राजनीतिक

प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र सिफारिस

नकपुरधाम सम्वादाता,  ३२ साउन । प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र सिफारिस भएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको स्रोतले जानकारी दिएको छ । यसअघि ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा राजेश झा अहिराजलाई नियुक्त गरेको थियोे ।

प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । उनी नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएका थिए ।