समाचार

बझाङमा एक बालिका मृत अवस्थामा फेला

शिवजी मण्डेल बझाङ ६ बैशाख। जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अबस्थामा फेला परेकी छन् ।
दुर्गाथली गाउँपालिका वडा नं ३ रकैल कि ११ वर्षिय बालिका अनिता दमाई शनिबारबार साँझ मृत अवस्थामा भेटिएकी हुन् ।
दिउँसो बाख्रा चराउन गएकी बालिका साँझसम्म घर
नफर्किए पछि खोजी गर्दा जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकि जिल्ला प्रहरी कार्यक्रम बझाङले जनाएको छ ।
के कारणले घटना घटेको हो भन्ने बारे जानकारी हुन नसकेको बझाङ प्रहरी निरीक्षक कमल प्रसाद चौधरी बताए ।
अहिले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ पुर्याएको र भोलि पोस्टमार्टम गरिने घटना के कारणले घटेको हो जानकारी हुने प्रहरी निरीक्षक चौधरीले बताए ।