• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

इतिहासमा पहिलोपटक दलित जागरण अभियान

नेपाल पोस्ट दैनिक
    February 13, 2021  मा प्रकाशित

Spread the love
      

पूर्व र पश्चिमबाट एकैसाथ उदघोष हुँदै लामो समयदेखि समाजिक, अार्थिक, राजनीतिक र सांस्कृतिक रुपबाट अपहेलित, उपेक्षित र अधिकारबाट बन्चित दलित समुदायलाई सचेत र जागृति गराउने हिसाबले यही फाल्गुन १ गते पूर्वमा सप्तरीको राजविराज र पश्चिम दैलेखबाट एकैसाथ राष्ट्रिय दलित मुक्ति जागरण अभियानको उदघोष हुँदैछ ।

अभियानको संयोजन पूर्वबाट राजेश विद्रोहीले गर्दैछन् भने पश्चिमबाट खगेन्द्र सुनारले । फाल्गुन महिना नागरिक न्यायको महिना, सहिदहरुको महिना, जनयुद्ध र जनअान्दोलनको महिना, रविदास जयन्तीको महिना, लगायतको महत्वपूर्ण महिना भएकोले तमाम समस्याहरुबाट कोही पीडित छन् र नागरिक अधिकार हनन कसैलाई भएको छ भने त्यो दलित समुदायलाई भएको छ ।

त्यसैले सबैलाई समेट्नेगरी र प्रतिनिधित्व हुने गरि फाल्गुन १ गते इतिहासमा पहिलोपटक हिमाल पहाड, तराई मधेसका दलित समुदायलाई एउटै बाइनरमा समेट्ने गरी पूर्व र पश्चिमबाट एकैसाथ यो अभियानको उदघोष हुँदैछ । जारी गरिएको अभियान पत्रमा भनिएको छ, ´दलित समस्या साझा समस्या हो । यसको समाधान पनि सामूहिक र साझा हुनुपर्छ ।

दलित समुदाय अाफ्नो हकअधिकारबाट लामो समयदेखि बन्चित छन् । अशिक्षा, बेरोजगारी, भूमिहीन्ताले दलित समुदाय अाक्रान्त छ । दलित समुदायको अाफ्नै इतिहास छ । त्यो इतिहास पढ्न जरुरी छ । लकडाउनमा दलितमाथि भएको जघन्य अपराधको फैसला अहिलेसम्म भएको छैन् । दलित समुदाय अान्दोलित भए पनि त्यो अान्दोलनले कुनै प्रवाह भएको छैन् । घटनाका दोषीहरुले उन्मुक्ति पाएका छन् । पीडित परिवारले अहिलेसम्म न्याय पाएको छैन् ।

कम्जोर र इतिहासदेखि त्रसित बनाएर दमन, शोषण र उत्पीडनको शिकार बनाइएका दलित समुदायलाई विभिन्न प्रलोभनमा पारेर र दबाब दिएर धेरै घटनाहरु अहिले पनि दबाउने समाजिक परम्परा कायमै छ । यसलाई न तोडिएसम्म र दलित समुदाय एक ढिक्का न भएरसम्म दलितमाथिको पशुवत अत्याचारको अन्त्य हुँदैन ।

त्यसैले दलितलाई संगठित हुन्, अफ्नो इतिहास प्रति सजग रह्न र अाफ्नो स्वतन्त्र हकअधिकारका लागि राज्य, राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउन यो जागरण अभियानको अावश्यकता ठानेर उदघोष भएको छ । यसमा सम्पूर्ण दलित तथा उत्पीडित वर्ग र समुदाय एक ढिक्का भएर अभियानमा लाग्न` अपिलमा अाग्रह गरिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑