विसुन देव सरदार लहान , २० माघ। नेपाल विद्यार्थी संघ द्वारा केपी अोलीको असंवैधानिक कदम प्रति सिरहाको गोलबजारमा सोमबार वृहत जनप्रदर्शन र कोनसभा भएको छ।
नेपाल काङ्ग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाको निर्देशनमा हिजो उक्त सभा आयोजना भएका थिए। कार्यक्रममा बिद्यार्थी नेता , जिल्ला भरिका ने.काङ्ग्रेस कार्यकर्ता उपस्थिति रहेका थिए।
ने.का भात्री संगठन ने. वि. संघ द्वारा गोलबजारमा बृहत बिरोध सभा र गोलबजार परिक्रमा गरी कोनसभा गरेको सरोज महतोले बताए ।
