विसुन देव सरदार लहान , १९ माघ। सप्तरीको बलान बिहुल वडा नम्बर ४ मा रहेको अप्पन बेल्ही युवा क्लबले टेम्पु , मैजिकको मनमानी भाडा रोक्न आज एक विज्ञप्ति मार्फत आग्रह गरेका छन।
सप्तरी जिल्ला स्थित १६ कि.मि. दुरी भएको कुशहा बेल्ही सडक खण्ड रोडमा टेम्पु , मैजिक साहुहरु केही महिना देखि यातायात व्यवसायीहरुले तोकेको भाडा विपरीत लिदै आइरहेका छन। यता कोविड १९ को बहानामा पनि मनमानी गरेर आम जनमानसबाट भाडा असुल गरिरहेको छ।
यस प्रति अप्पन बेल्ही युवा क्लबको गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ यस्तो मनमानी गरिरहेका टेम्पु , मैजिक चालकहरुलाई तत्काल झिकाई वास्तविकताको पहिचान गरि निर्धारण गरिदिन हुन अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादव , कोषाध्यक्ष कुमरकान्त झाले हार्दिक अनुरोध गर्दछ।
बोदार्थमा श्री यातायात व्यवसायी कार्यालय , श्री बलान बिहुल गाउँपालिका कार्यालय , श्री प्रहरी चौकी कार्यालय,बेल्ही , श्री बलान बिहुल गाउँपालिकाका वडा कार्यालय ।