जसपा नेपाल द्वारा लहानमा, राष्ट्रिय बलिदानी दिवस मनाइयो
नेपाल पोस्ट दैनिक
January 20, 2021
मा प्रकाशित
Spread the love
विसुन देव सरदार सिरहा लहान , ५ माघ। आज माघ ५ गते अर्थात १४औं राष्ट्रिय बलिदानी दिवसको अवसरमा जसपा लहान नगरसमिति अध्यक्ष बलिराम यादव सभा अध्यक्षतामा मधेसी सहिदको स्मरण गरी बलिदानी दिवस मनाइयो ।
सो कार्यक्रममा क्षेत्र न. १ अध्यक्ष भारती गुप्ता , जयनारायण यादव , कृष्ण बहादुर यादव , भरत साह लगायतकाले मन्तव्य राखेका थिए। यो सँगै जसपाको जुलुस लहान परिक्रमा गरी सहिद चौकमा कोणसभा गरेका थिए।