विसुन देव सरदार लक्ष्मीपुर-पतारी , ५ माघ। धनुषाको गणेशमान चारनाथ नगरपालिका द्वारा आयोजित न्यायिक इजलास एवंम मेलमिलाप केन्द्रको उदघाटन कार्यक्रम माघ ४ गते आइतबार भएका छन।
कार्यक्रम प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवद्वारा इजलास उदघाटन भएको थियो । गोपनीयताको हिसाबले पिडितमैत्री छुट्टै इजलास र मेलमिलाप केन्द्र , मेलमिलाप सम्बन्धि कार्य विधि र राजपत्र प्रकाशित , न्यायिक समितको काम , कर्तव्य र अधिकार सहितको हाते ( पर्चा ) ब्रुसर तालिम रहनेछ ।
मेलमिलापकर्ताहरुको रोष्टरमा सुचिकृत , कक्षा बाहिर गुनासो पेटिका , उजुरी पेटिका भएको हुनाले यी सबै हेर्दा संरचनागत रुपले सबल र राम्रो देखिएको यस न्यायिक समिति , न्यायिक रुपमा पनि एक उदाहरणीय बनोस र सबैलाई न्यायमा पहुचहोस। अन्तयमा एक आपसमा राम्रो संदेशको शुभकामना आदानप्रदान भएको अोरेक नेपाल लहानबाट देवराज पोखरेलले बताए ।