शम्भु चाधरी लहान २६ पुस । किसान कल्याण कृषि सहकारी संस्था लहान २२ सिसवनी सिरहाको पहिलो प्राराम्भिक सधारण सभामा सम्पन्न भएको छ ।

प्रदेश २ का प्रदेश सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा आर्थिक वर्ष २०७७।७८ को अनुमानित आय व्यय विवरण ७४ लाख ८० हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । सभामा बोल्दै प्रदेश सभा सदस्य चौधरीले भने जब सम्म सहकारीमा आम्दानी हुदैन तबसम्म मान्छे पतियाउदैन, आम्दानी गर्नु अनि समुह निर्माण गरी लगानी परिचालन गनु राम्रो क्रा हो ।
सहकारीका अध्यक्ष श्याम कुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभामा ९ सदस्य नयाँ कार्यसमिति समेत चयन भएको छ । जस मध्ये अध्यक्षमा श्याम कुमार चौधरी, उपाध्यक्षमा आशा चौधरी, सचिवमा अनुभक्त चौधरी सदस्यहरुमा क्रमशः राधिका चौधरी, रामचन्द्र चौधरी, टेकनारायण साह र उपासी चौधरी रहेकाछन ।
सन्त कुमार चौधरीको अध्यक्षमा ३ सदस्य लेखा समिति पनि चयन भएको छ । सदस्यहरुमा क्रमशः सन्तोष चौधरी र मुजरी चौधरी चयन भएको सहकारीका सचिव अनुभक्त चौधरी बताएका छन ।