• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनउद्वार केन्द्रले मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम दासस्कार गर्यो

नेपाल पोस्ट दैनिक
    December 15, 2020  मा प्रकाशित

Spread the love
      

मलेसिया। मलेसिया जनउद्वार केन्द्र मलेसियाले सिराहाका मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा दाहासस्कार गरेको छ ।

मदन पार्खीनले कोक-कला भनेर ‘झार मार्ने औषधि’ सेवन गरेका थिए । आफुलाई असहज भएको र अस्पताल लिने वातावरण मिलाउन जनउद्वार केन्द्र मलेसियालाई जानकारी गराएका थिए ।जनउद्वार केन्द्र मलेसियाले जानकारी पाए लगत्तै उनलाई मलेसियाको पेनाङमा रहेको जनरल अस्पतालमा भर्ना गरिएको थियो।

जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार मदन पार्खीन अबैधानिक भएको कारण अस्पतालमा भर्ना गर्न त्यति सजिलो थिएन कठिन बाबजुद पनि सम्पुर्ण प्रक्रिया पुरा गरि भर्ना गरिएको अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार उनको पछिल्लो अवस्था बुझ्न अस्पताल गएका थियौ तर उनको अवस्था निकै चिन्ताजनक रहेको थियो । अध्यक्ष थापाले भावुक हुँदै भनु भयो एक दिन पछि अर्थात २०२० डिसेम्बर ५ तारिक उनलाई अस्पतालले मृतक घोषणा गर्यो यसमा हामि निकै दुखित छौ।

उक्त मृतको(भौतिक शरिर)लाई नेपाल पठाउन परिवारसँग सम्पर्क गर्दा परिवारबाट मलेसियामा नै अन्तिम दाहासंस्कार गरिदिन अनुरोध आए पछि हामिले आवश्यक सम्पूर्ण प्रक्रियाहरु पुरा गरि अन्तिम संस्कार गरिएको उपाध्यक्ष कमल खड्काले बताए ।उनको अन्तिम दाहसंस्कार आइतबार गरिएको हो।

सिराहा कर्जन्हा वडा नम्बर ४ का घर भएका मदन पार्खीन वैदेशिक रोजगारको सिलसिलामा केहि बर्ष अघि मलेसिया गएका थिए। उनले 2020 नोभेम्बर 30 तारिख कोक-कला भनेर “झार मार्ने औषधि”सेवन गरेका थिए ।

मृतक मदनको परिवारले अस्पताल लाग्ने खर्च पठाएको थियो तर उक्त रकम जस्ताको तस्तै मृतक’की श्रीमती लक्ष्मी लामाको नाममा पठाएको सचिव शंकर देव आर्चायले बताए ।मृतकको साथमा रहेको मलेसियन आर एम ४४० पनि आमा हिरामाया पाख्रीनको नाममा पठाएको सचिव आर्चायले बताए।

मृतक मदनको परिवार आर्थिक रुपमा निकै नाजुक भएको कारण अस्पताल भर्ना देखि दाहसंस्कार सम्म लागेको सम्पुर्ण रकम (खर्च ) जनउद्धार केन्द्रले सहयोग गरेको छ ।

मृतक प्रति गहिरो समवेदना प्रकट गर्दै, नेपाली राजदूतावास मलेसिया लगायत समाजका साधारण सदस्य ,आजिवन सदस्य तथा शुभेच्छुक,सहयोगी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको जनउद्वार केन्द्र मलेसियाका सल्लाहकार दिनेश खड्का’खप्तडी’ले जानकारी दिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑