अन्तर्राष्ट्रिय · समाचार

चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

काठमाडाैँ ७ कार्तिक। काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं रूपैयाँकाे नाेक्सानी भएकाे छ।

रामेछापका व्यवसायी नवीन थापाले खरिद गरेको झन्डै २ करोड रुपैयाँका चार कन्टेनर सामान ६ महिनादेखि केरुङको गोदाममा छ । हार्डवेयर, मोटर पार्ट्स, लुगाफाटालगायत सामान अड्किएका हुन् । उनले भने, ‘धेरै सामान काम नलाग्ने भइसके ।’

बलराम र नवीनजस्ता सयौं व्यवसायीका अर्बौं मूल्यका १२ सय कन्टेनर सामान केरुङमा अलपत्र छन् । चीनसँग जोडिएको अर्को पुरानो नाका तातोपानीपारि खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनर सामान थन्केको ६ महिना  भन्दा बढी समय बितिसकेकाे छ ।

तिब्बतको नेलाम काउन्टीले सीमा क्षेत्रका आफ्ना नागरिकलाई सूचना जारी गरेर तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएका छन् । सामान रेखदेख गर्न सीमापारि जाने अनुमति नेपालीलाई छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार, भूकम्पपछि नेपाली व्यवसायीलाई खासा प्रवेश गर्नै दिइएको छैन । ‘आफ्नो सम्पत्ति सडकमा कुहिएर जाँदा पनि चुप लागेर बस्नुको विकल्प छैन,’ उनले भने । नेपाललाई साह्रोगाह्रो परेकै बेला उत्तरका दुवै चिनियाँ नाका बन्द हुने गरेका छन् ।

साेही क्रममा सुवागढी र तातोपानीमा चिनियाँ भन्सार एजेन्टले कन्टेनरहरू पास गर्न २५ देखि ६० हजार माग गरेका छन्। आरएमबीको सामान बोक्ने कन्टेनर पास गर्न पैसा माग गरेपछि व्यवसायीहरू चिन्तित बनेका छन्। भन्सार कार्यालयहरु बाट आफ्नो सामानहरुको लागी प्रतिक्षा गरिरहेका व्यापारीहरु यो नयाँ विसंगतिका कारण तनावित बनेका छन्।