• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गर्भवती श्रीमतीकाे पेटमा हतियार प्रहार

नेपाल पोस्ट दैनिक
    September 21, 2020  मा प्रकाशित

Spread the love
      

नयाँदिल्ली, ५ असाेज । भारतको उत्तरप्रदेशको बदायू जिल्लामा श्रीमानले छाेरी जन्माउन थालेकाे भन्दै आफ्नै गर्भवती श्रीमतीको धारिलो हतियारले प्रहार गरेर घाइते बनाएका छन् ।

पतिले महिलाकाे गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ । प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ ।

बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मुद्दा दर्ता गरेर अभियुक्तलाई गिरफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’

बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँसियाले काटिदिएको आरोप छ ।

अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

हिरासतमा लिएपछि पन्नालालले झगडा भएको र रिसमा उनले हँसियाले उनलाई हमला गरेको कुरा स्विकार गरेका छन् । उनले जस्तो छाेरा वा छाेरी भनेर हेर्ने विषयमा श्रीमतीमाथि हमला नगरेको दाबी गरेका छन्।

पन्नालालको भनाई थियो, ‘मेरा पाँच छोरी छन् । मेरा एक छोराको मृत्यु भइसकेको छ । मलाई थाहा छ कि बच्चा भगवानको देन हो, जे होला देखा जाएजा । मेरी श्रीमती सधैं मसँग झगडा गर्छिन् । शनिबार पनि झगडा भयो र रिसमा मैले हँसियाले उनलाई हानेँ । यसले उनी यति गम्भीर रुपमा घाइते होलिन् भनेर कल्पना गरेको थिइनँ ।’

पन्नालालका एक छिमेकीले नाम नबताउने शर्तमा यसको पछाडिको अर्को कहानीबारे जानकारी दिए । छिमेकी भन्छन्, ‘कुनै पण्डितले बदायूं जिल्लामा कुनै व्यक्तिको लगातार छैटौं छोरी जन्मने भविष्यवाणी गरेका थिए । डराएका पन्नालालले श्रीमतीलाई गर्भपतन गराउन भने । श्रीमतीले अस्विकार गर्दा उनीहरुबीच झगडा भयो र त्यसपछि पन्नालालले उनलाई घाइते बनाइदिए ।’दैनिक नेपालबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑