• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोरोनाको कहर र जितियाको मर्म : भारती गुप्ता               

नेपाल पोस्ट दैनिक
    September 10, 2020  मा प्रकाशित

Spread the love
      

सिरहा लहान २५ भदौ –
तराईमा मनाइने पर्व मध्ये जितियालाई विशेष पवित्र रूपमा मानिन्छ।उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरू भएको पौराणिक कथन छ ।
परापुर्वकालदेखि मनाइदै आइरहेको मधेसी थारु महिलाहरुले धर्मप्रति विश्वास गरी आफना सन्तानकोसुख समृद्धीको कामना गरी नियम र निष्ठापुर्वक जितिया वर्त बस्नको लागि आफना संस्कृतिको पालना गरी मनाइदै आइरहेको महिलाहरुको महान वर्त जितिया वर्त हो ।
कैयो वर्षदेखि जितिया वर्तमा महिलाहरु एकजुट भएर नदीमा स्नान गरी घिरौलाको पातमा खरी सरसोको तेल राजा जितवाहनको स्नान गरेर भिजेको लुगा लगाइ नदी किनारमा घिरौलाको पातमा तेल खरी घिरौलाको फुल पातमा राखेर राजा जितवाहनको पुजागरी आफनो पति र सन्तानको लागि दिर्घायुको कामना गर्छन् । विश्वास गरी नहाइको खाइ वर्तवस्नु एकदिन पहिले गर्छन् । स्नान गरी नदीमा पुजा पाठ गरेर घरमा नियम र निष्ठा पुर्वक कोदोको रोटी नोनीको साग माछा खाने चलन रहेको छ । सकाहारी महिलाहरुले माछा नखाएर कोदोको रोटी र नोनीको साग दहीदुध खाने गर्दछन् । तर यो विश्वभरी फैलिएको माहामारी कोरोना भाइरसले गर्दा महिलाहरु एकजुट हुन पाइरहेको छैन । यो जितिया वर्त मनाउनको लागि महिलाहरुले एक दुईदिन आगाडी नै महिलाहरु आ आफना माइतीमा पुग्ने गरेको थियो । तर यस बर्षको जितिया वर्तमा महिलाहरुले आ आफनै ठाउँमा जितिया वर्त मनाइरहेकोले शहर बजारदेखि गाउँघरमा दिदि, बहिनीहरु नपुगेको अवस्था छ । यसले गाउँघर सुनसान लागेको दुर्गापुर निवासी रामेश्वर महतोको कथन छ । सिरहाको दुर्गापुरमा महिलाको ओहोरदोहोर नदेएिकोले गाउँघर सुनसान लागेको उनको कथन छ । यसले गर्दा एक जुट भएर खान स्नान गर्न महिलाहरु नपाउँने अवस्था छ । महिलाहरुले एकठाउँमा जम्मा भएर राजा जितवाहनको कथा भन्ने सुन्ने गर्थे । तर यो माहामारीको समयमा महिलाहरुले आफै कसरी सुरक्षित रहने ? आफनो परिवारलाई कसरी सुरक्षित राख्ने ? र माहामारीको बेलामा वर्त बस्न पनि समस्या भएको डराइ डराई जितवाहनको उपवास गर्न नछाडेको देखिन्छ । कोरोनाको समस्या भएकोले महिलाहरुले जितवाहनको वर्त र उपवासमा र मेला हेर्नमा पनि समस्या भएकोले यसपालीको जितिया वर्तमा रमाइलो नहुने देखिन्छ । महिलाहरु एकआपसमा गन्थनमन्थन गर्न थालेको छ । कोरोना भाइरस कसैको समस्या बुभ्mदै होला । वर्त बस्नु आगाडी महिलाहरुमा विभिन्न शंका उत्पन्न हुँदैछ । नदीमा नुहाउन जान आगाडी नै डरत्रास भएकोले महिलाहरुले एकजुट हुनसकेको छैन । जितिया पवनीमा एकजुट भएर कथा भन्ने सुन्ने वर्त हो । तर कोरोना भाइरकोले गर्दा महिलाहरुले आ आफनै ठाउँमा जितवाहन पुजापाठ गरी आफनो मनलाई सन्तुष्ट पार्दै महिलाको महान वर्तको जितिया पावन हो । यसपालीको जितिय पावनमा महिलाहरुले माइती जान नपाएकोले आमालाई पनि छोरी आउँने आश मात्रै रहियो । आशा निरासा बद्लिएको लहान ७ निवासी जानकी चौधरी बताइन् ।
छोरी नआएकोले घरमा त्यति रमझम भएन । छोरीले जितिया पावनमा आस गरेका थिए । आमा म जितिया पावनमा माइती आउछु । तर यो कोरोना माहामारीले आफनै घरमा बस्नु पर्यो । अहिलेको अवस्थामा समुदायमा फैलिएको कोरोना भाइरसले एकठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सकिरहेको छैन । तैपनि गाउँघरका महिलाहरुले भाइरस के हो ख्याल नगरी समुह बनाएर नुहाउन गएको सिरहाको झाझपटी निवासी क्रान्ति शिवराम महतो बताउँछन् । झाझपटी गाउमा महिलाहरुले समुहमा मिलेर नदी पोखरीमा स्नान गरी पुजापाठ गरिएको उनले भने । तपाईहरु आफनै घरमा जितवाहनको पुजा पाठ गर्नु । महिलाहरुले भने यो वर्षभरीको जितिया पावन हो । सधैँ हामी महिलाहरु समुहमा सखीबहिना बनी राजा जितवाहनको तेल खरी लिएर नदीमा स्नान गरी विभिन्न किसिमको जितवाहनको गीत गाउँदै पुजापाठ गर्छौ । त्यसपछि जितवाहन देवता खुस हुन्छ । त्यसपछि शिवरामले भने घरमा जितवाहनको पुजा गर्नुस् जितवाहन देवता खुस हुन्छ । ‘मन चंगा त कठौतीमे गंगा’ कोरोना भाइरसबाट बाँच्यो भने अर्को बर्ष जितिया पावनमा यो भन्दा तेब्बर मनोरञ्जन गरेर मनौला । जितवाहन देवतालाई खुस पार्नु यो माहामारीबाट बाँच्नको लागि आफनो ज्यानको सुरक्षा आफै गर्नु अति उत्तम हो । समुदाय स्तरमा फैलिएको कोरोना भाइरसबाट आफु पनि बचौँ अरुलाई पनि बचाउ रेडियो सौगातका दैनिकी क्रार्यक्रममा उनले सल्लाह सुझाव दिएका छन् ।
मधेशमा मनाइने पर्वहरु मध्ये जितिया पवित्र र कठोर मानिएको छ । लहान लगायत मधेशमा नहा खा (नुहाएर खानु) गर्दै बुधबारदेखि धार्मिक विधिअनुसार सुरू भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना पर्सादका रूपमा चढाउँने चलन छ । आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने यो महत्वपूर्ण पर्वको रुपमा रहेको छ ।
त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको पवित्र पोखरीहरु पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना साखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरू ओंगठन सम्पन्न गर्नुपर्छ । अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ नै व्रतीहरुले नियम निष्ठापुर्वक जितवाहन भगवानलाई पुजा गरी जितवाहनलाई चढाएको पर्सादी आफनो बालबचलाई खुवाइन्छ । र, भोलि बिहान केहि खाँदैनन् । प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गर्छन् । त्यसपछि सुरू हुन्छ कठिन उपवास । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो वर्त विशेष कठिन रहेको देखिन्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत रहेको छ । ‘यस पर्वले मधेशी महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छन् ।’ पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑