सिर्जना आचार्य / कपिलवस्तु २५ भदौ । कपिलवस्तु का सौजन् रेग्मी ले आफ्नो जन्मदिनको अवसर पारेर वाणगंगा नगरपालिका ८ सिसेनी निवासी अजमल तली को परिवार लाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन्।
कोरोना महामारी का कारण मार्क मा परेका अजमल को परिवार लाई सौजन ले अाटा , चामल , नुन, दल लगायत का खाद्यान्न सहयोग गरेका छन् । अजमलको परिवार मा ४ सदक्ष्य छन् । घरका मुखिया अजमल दृष्टिविहिन छन् । अजमल की जेठी छोरी सुक्रना तलि आपाँग छिन् र उनकी श्रीमती आहिले गर्ववती छिन्।
सौजनले आफूलाई त्यस परिवार को बारेमा खबर पाइसके पछि जन्मदिनको अवसर पारेर सहयोग गरेको बताए। साथ साथै उनी भन्छन् ” जन्मदिनको दिन साथी हरू सँग मोज मस्ती गर्नु भन्दा समाज मा रहेका दुःखी आशय हरु लाई सहयोग गर्ने बानी सबै जना मा बस्यो भने सिङ्गो समाज नै परिवर्तन हुन्छ”।
अजमल सुर्खेत को स्थानीय बासिन्दा हुन् भने हाल कपिलवस्तु को सिसेनि मा आफ्नो दाई को खाली रहेको घरमा बस्दै आएका छन्
अजमल को परिवार लाई हाल कपिलवस्तु का विभिन्न ठाउँ मा अभियान को रूप मा चलिरहेको “खाद्यान्न सामग्री संकलन तथा वितरण कार्यक्रम” अन्तर्गत पनि सहयोग गर्ने अभियन्ता मधु सुधन भुसाल ले बताए।