प्रदिप सिहं लहान २० भदौ।ईलाका प्रहरी कार्यालय सिरहा मिर्चैया बाट खटिएको गस्ती टोलीले वित्त राति शुक्रबार नलकटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको टोलीले ब्राहबिघा नजिक चेक जाँच गर्दा को ३५ प ४०१९ नम्बरको मोटरसाइकलमा सवार दुई जना र स्थानीय एक जना सहित तीन जनालाई प्रहरीले पक्राउ गरिएको हो
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ का २० बर्षीय अजय शर्मा , मिर्चैया ५ का १९ बर्षीय ज्ञानु मण्डल सोहि ठाउँ का ३९ बर्षीय रमेश शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। तीनै जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।