हरी कुमार केशी गुल्मी १७ भदौ।गुल्मी जिल्लामा आज थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । जिल्लाको सव्यवति गाउँपालिकामा भारत बाट आएर होम क्वारेन्टीनमा बसेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
कोरोना भाइरस संक्रमित हुनेमा वर्ष २४ , १९, २३ २१ , २८ र ४५ का ६ जना पुरुष र वर्ष र २५, २२, २५,र २२ का ४ जना महिलामा कोरोना भाइरसको पुष्टी भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले जानकारी दिनुभयो ।
संक्रमितहरु भारत बाट आएको र ७ जना विभिन्न वडाको क्वारेन्टीनमा र ३ जना होम क्वारेन्टीनमा रहेको हुँदा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्गको काम तत्काल अगाडी बढाइने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताउनुभयो ।
यो संगै जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या ४११ पुगेको छ । जस मध्ये ३६७ जना निको भएका छन् भने ३ जनाको यस अघि नै मृत्यृ भएको छ ।