• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपालि काग्रेंस नेतृत्व र युवा सम्भावना ,

नेपाल पोस्ट दैनिक
    August 26, 2020  मा प्रकाशित

Spread the love
      

अमृत भट्टराई / बिहादी, पर्वत । नेपाली काग्रेंसको महाधिवेशन नजिकिदै छ, देश कोरोनाको कारण उत्पन्न समस्या बाट गुज्रिएको छ।एकातिर सत्तारुढ दल भित्र को किचलो र अर्को तर्फ नेपाली काग्रेंसको नजिकिदो महाधिवेशन नेताहरू आन्तरिक सघंर्षको लागि दौडधुपमा छन।

विश्वका विभिन्न देशका अभ्यासहरु हेरौं, युवाहरुको नेतृत्वले देशले काँचुली फेरिरहेका प्रशस्त उदाहरणहरु छन् । त्यसैले नेपालि जनता अबको लागि युवा नेतृत्वको आशमा रोमलिएका छन।
तर राजनीतिमा युवाहरुलाई कसरी संलग्न गराउने र उनीहरुको दिगोपनाका लागि के गर्ने ? आर्थिक रुपमा युवाहरुलाई कसरी टिकाइराख्ने ? यो विषय सम्बन्धित पार्टी अनि सरकारले अहिले सम्म ध्यान दिन सकेको छैन ।
नेपाली राजनीतिमा अहिले पनि राजनीतिक परिपक्वतालाई कपाल फुलेको, सक्रिय जीवन पार गरेको र जेलनेल भोगेको व्यक्ति , अझ भनौ नेपालमा पहिले ब्यक्ति सडक जान्छ आन्दोलन गर्छ जेल जान्छ अनि बल्ल नेता बन्छ प्रधानमन्त्री राष्ट्रपति बन्न सकिन्छ भन्ने आम धारणा छ र धेरैजसो अभ्यास पनि यस्तै छ । राजनीति अन्य क्षेत्रमा केही गर्न नसक्ने र कमजोर व्यक्तिले गर्छन् भन्ने आम धारणा पनि छ । जुन धारणा सत्य छैन। देश चलाउने, समाजको परिवर्तन गर्ने, विधि विधान नियम बनाउने पक्कै पनि सक्षम र अब्बल ब्यक्ति हुनुपर्दछ , हुन जरुरी छ समय अनुकुल समयले मागेको हुनु आवश्यक छ।

नेताको वरिपरि घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ, जसबाट युवालाई राजनीतिमा जोड्न सकिन्छ, त्यसैले समयको माग हेर्दै असल राजनीतिक संस्कार र क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ।

अब नेपाली काग्रेंसमा राजनीति फोहोरी खेल हो भन्ने आम धारणालाई चिर्न पार्टी सञ्चालनका तारिकादेखी लिएर राजनीतिक व्यवहार र निर्णयमा निष्पक्षता समावेशीता हुन जरुरी छ ।
नेताहरुले चुनाव जित्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्न र सुरक्षाका लागि युवाहरुलाई प्रयोग गर्ने तर जिम्मेवारी दिने विषयमा युवाहरुको त्यागको सम्मान नहुने यो स्विकार्य हुनु हुदैन, पाटी भित्र ६०-७० बर्षका नेताहरुको त्याग निरंतरतालाई युवा सम्मान गर्छन गरीरहेका छन ,अब युवालाई सम्मान गरेर जिम्मेवारी दिने पुस्ता हस्तान्तरण गर्नेमा नेपाली काग्रेंसका कार्यकर्ता आशावादी छन।
नेता, दल, गुट, उपगुटको चंगुलमा फसेर चाकडीमा लिप्त हुने ब्यक्तिलाई बहिष्कार गर्दै
युवालाई राजनीतिक अवसर ,अर्थपूर्ण सहभागिता बनाउने र राजनीतिक सहभागिताको लागि निर्णायक भूमिका निर्वाह गर्ने युवाहरूमा इच्छा शक्ति आउनु जरुरी छ।

सबै तहमा युवा पुस्ता को उपस्थिति बलियो पार्दै, जिल्ला देखि केन्द्र सम्म सबै युवालाइ एकजुट गराउदै नयाँ बिचार र कार्यदिशा दिने गरि अाम कार्यकर्ता को भावना अनुरुप नेपाली काग्रेंस अगि बढ्नु पर्ने पनि देखिन्छ ।युवा नेतृत्वहरुले हिम्मत गर्नुपर्ने देखिन्छ , के के हुन युवाहरुका मुद्दा ? कांग्रेस प्रती आकर्षण गर्न सक्ने गरि कुन कुन आयामहरु छन। केन्द्रिय, जिल्ला स्तरीय नेतृत्वको आलोचना मात्रै सिमित त होइन नि? दुई तिहाई नजिकैको कम्युनिष्ट सरकार छ। सरकारका हरेक अंगमा हस्तक्षेप मात्रै गरेको छ । नेतृत्वको लागि हिम्मत नगर्ने अनि आलोचना मात्र युवा मोर्चाले गर्नुपर्ने भुमिका प्रभावकारी हो त?

नेपाली काग्रेंसका बरिस्ठ पुस्तालाइ सम्मानका साथ आरमता दिएर युवा पुस्तालाइ जिम्मेवारी हस्तान्तरण गरेर एकपटक युवा नेतृत्व हेर्नुपर्ने सकंल्प पनि अघिल्लो पुस्तामा हुनुपर्छ ।
नेताको चाकडी चाप्लुसी गरेर पद लिने, आसन ग्रहण गर्दै फोटाखिचेर फेशबुकमा हाल्दै आफुलाई ठुलै नेता सोच्ने अनि सँगठन ध्वस्त पार्ने युवा नेतृत्वलाई बहिष्कार पनि गर्नु पर्छ।
शरीर क्यान्सर सगं लडेको अवस्थामा बिचार र कर्म देश र जनताको हितका लागि अन्तिम समयसम्म निरन्तर खट्ने महामानव बिपि र ८० बर्ष पार हुदा पनि सगंठनको लागि बिहान ४ बजे उठेर देश दौडाह गरेर पाटी शशक्त गराउने गिरिजा बाबुको जस्तो नेतृत्व छ भने पनि अघिल्लो पुस्ता नै पाटी पक्तिंएक भएमा विकल्पको रुपमा देखिन्छ ।

अबको कांग्रेस उधमसिल कांग्रेस , लगनसिल कांग्रेस अनि जनभावना ( कार्यकर्ताका हरेक समस्या ) संग अत्यन्तै नजिकै हुने खालको चाहिएको छ । बिश्व परिवेश अनुसार गलोबल( बिश्व व्यापी) लोकल( स्थानिय) = ग्लोकल सस्कृती अपनाउने खालको चाहिएको छ ।नेपाललाई कृषि , आधुनिक र प्राबिधिक शिक्षामा नेतृत्वदायी भुमिका सहित अनेकौं रोजगारि र स्वरोजगार सृजना गर्न सक्ने भिजन भएको नेतृत्व स्थापित अहिलेको पहिलो आवश्यकता हो । अत: नेपाली कांग्रेसको अधिबेशन नजिकिदै गर्दा भित्र भित्र “म” र “त” भन्दै युवा तथा अग्रंज नेताहरु तातिनु स्वाभाविक मान्नुपर्छ ।
पाटी निकै कमजोर छ त्यसैले अब नेपाली काग्रेंस कि बलियो बन्ने कि सकिने भन्ने नेतृत्वले निर्धारण गर्नेछ। त्यसैले नेपाली काग्रेंसका कार्यकर्ता,कृयाशिल सदस्यहरु,महाधिवेशन प्रतिनिधि तथा नेताहरुले बुझ्नु पर्छ कि यो र त्यो गुट भन्दा पनि जसले काम गर्न सक्छ ,चाहे अग्रज होस चाहे युवा कांग्रेसलाई बलियो बनाउन सक्छ, सबैलाई समेट्न सक्छ र शसक्त्त तरिकाले प्रतिपक्षको भूमिका निर्वाह गर्ने र महत्त्वपुर्ण कुरा सिगों पाटिलाइ समेटेर अगि बढ्न सक्ने योग्य ब्यक्त्तीलाई नेतृत्वमा ल्याउने पहल हामी सबैले गर्नुपर्छ।
-जय नेपाल लेखक, हिमलाल गिरि (पारस) नेबिसंघ बिहादी गाउँ पालिका अध्यक्ष , पर्वत

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • जनताको समस्या, गुनासो तथा महत्वपूर्ण सुझावहरूका लागी क्षेत्रीय कार्यालयको स्थापना
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑