नरेन्द्र महताे , गाैशाला ६ – महाेत्तरी जिल्लाकाे सबभन्दा पुरानाे गाैशाला बजारकाे बाटाे घाटाे सफा सुधर विना निकै कमजाेर भईरहेकाे छ ।गाैशाला नगरपालिका स्थित रहेका गाैशाला वजारकाे मुख्य वजारकाे सडक बाहेकका कुनै सडकहरु सफा सुधर नभएका कारण दिन प्रति दिन दुर्गन्धित बन्दै गईरहेका छन । दुर्गन्धित भए पछि गाैशाला न. पा. काेराेनाकाे उच्च जाेखिममा रहेकाेले स्थानियहरु त्रसित बन्दै गईरहेका छन । यहाँका बाटाेहरु दुर्गन्धित भईरहे पनि नगरपालिकाले कुनै ध्यान नदिएकाे वडा न.५ गाैशाला वजारका स्थानियहरुले गुनासाे गरेका छन । गाैशाला नगरपालिकामा अहिले सम्म काेराेना पाेजेटिभकाे संख्या १६ पुगेका छन तर नगरपालिका तथा सम्वन्धित निकायले अहिले सम्म कुनै पहल गरेकाे छैन ।गाैशाला वजारकाे विचकाे बाटाेलाई सफा सुधर गरेर वजार सफा हुन सकिँदैन वजार सफा सुधारकाे लागि न. पा. ले प्रति महीना दुई लाख पचासहजारकाे दरले वर्षकाे तीस लाख रु. भन्दा बढि खर्च गर्दै अाईरहेकाे प्रवक्ता भाेजवहादुर दर्लामिले जानकारि गराएकाे छ । नगरपालिकाले किन ध्यान नदिएकाे प्रश्नकाे उत्तरमा- ध्यान नदिएकाे हाेईन पुरानाे ठेक्दारकाे जिम्मा दिएकाे छ उसले राम्राे काम गर्न नसकेकाेले नगरपालिकाकाे बदनामि भईरहेकाे छ। अब निकट भविष्यममा कार्यपालिकाकाे बैठक बसि नयाँ ठेक्का लगाउने तयारि गरे पछि वजार सफा सुघर हुने अपेक्षा गरेकाे दर्लामिले जनाए ।