समाचार · स्वास्थ्य

पुनर्वासमा कोरोना जितेर आएका दुई स्वास्थ्यकर्मी धामी र भट्ट सम्मानित

कञ्चनपुर ३१असार २०७७।कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अग्रमाोर्चामा रहेर काम गर्ने पुनर्वासका दुई स्वास्थ्यकर्मी कोरोना जितेर फर्किए पछि स्वास्थ्यकर्मीको हौसलाका लागि सम्मान गरिएको छ ।

पुनर्वास नगरपालिकाको सातौ नगर सभाबाट नगर प्रमुख जिवनराज थापाले कोडिभ १९ को आग्रमोर्चामा रहेर कामगर्ने क्रममा कोरोना पुष्टि भए पश्चात कोरोना जितेर आएका दुई जना ल्याब टेक्निसियनलाई सम्मान गरेको थियो ।

सातौ नगर सभा बाट परासन स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्टद्वय जनक धामी र दुर्गादत्त भट्टलाई सम्मान गरिएको थियो। । उनीहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । पुनर्वास नगरपालिका का श्रदेय नगर उपप्रमुख शारदा बिष्ट ज्यूले दोसल्ला ओढाई नगरप्रमुख जीवनराज थापा ज्यूको बाहुली बाट सम्मान पत्र प्रदान गर्दै गरिमामय नगर सभाबाट सम्मानित गरेका थिए ।

सम्मान पत्र ग्रहण गर्दै आफु हरुलाई सम्मानले काम गर्न थप हौसला प्रदान गरिएको कोरोना जितेका स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना संक्रमितलाई समाजको अधाग सहयोग आवश्यक रहेको उनीहरुको भनाईछ ।

सातौ नगर सभा बाट स्वस्थकर्मी लगायत नगरपालिकाको कोरोना भाइरस कोभिड १९ को संक्रमण र जोखिम रोकथामका साथै नियन्त्रणका लागि सहयोग गर्ने सहयोगदाताहरुका साथै सुरक्षाकर्मीहरुलाई समेत सम्मान गरेको थियो।