गौशाला २७ असार।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेका सामुदायिक विधालयहरुमा प्र.अ. हरुले विधालय विकास शुल्ककाे नाममा विधार्थीहरु सँग शुल्क लिने गरेकाे रहस्य बाहिर अाएकाे छ ।जब कि शिक्षा नियमावलि अनुसार कक्षा एक देखि छ सम्म कुनै किसिमकाे शुल्क लिने व्यवस्था नभएकाे नगर शिक्षा समितिका सदस्य भरत सिह दाेषिले जनाएका छन ।
तर श्री त्रिभुवन मा. वि. विधालय गाैशालाले वालविकासका विधार्थी सँग६० कक्षा एक सँग ६० रु र कक्षा सातका विधार्थीहरु सँग ३५० देखि लिएर ५०० रु शुल्क सम्म लिने गरिएकाे छ ।तर कक्षा छ देखि दस सम्म विधालयकाे श्रेणि अनुसार शिक्षक व्यवस्थापन शीर्षकमा शुल्क लिन व्यवस्था भएकाे सिंहले जानकारि दिए ।तर गाैशाला नगरपालिका भित्रका सामुदायिक विधालयहरु जथाभाविका शुल्क लिन गरेकाे कारण अभिभावकहरु तरंगित बनेका छन जब कि यस नगरपालिका भित्रमा ३२ वटा समाुदायिक विधालयहरु रहेकाे छन ।
